मृतक दल बहादुर सोनीप्रती हार्दिक श्रद्धाञ्जली

भिवाडी, २२ मई । बुटवल रुपन्देही भलवाडी निवासी दल बहादुर सोनी ज्युको ६० वर्षको उमेरमा ब्रैन हेम्रेजको कारणले रेवाडीको शीला मल्टिस्पेसलिस्ट होस्पिटलमा ११ मई २०२२ को दिन निधन भएको थियो ।

उहाँको सम्झनामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत भिवडी नगर समितिले श्रद्धाञ्जली सभा सम्पन्न पारेको छ ।

कृष्टी राईको सञ्चालन तथा किशोर राईको अध्यक्षताबाट अगाडि बढेको सो श्रद्धाञ्जली सभामा केन्द्रीय सदस्य बाबुराम बस्नेत र क्षेत्रीय सदस्य राम प्रसाद घिमिरेले आतित्थ्यता गर्नुभएको थियो ।

मृतक दल बहादुर सोनीको सम्झनामा १ मिनेट मौनधारणा पछि प्रमुख अतिथि बाबुराम बस्नेतले माला अर्पण गरि मृतक सोनीले समाजप्रति पुर्याएको योगदानबारे बताउनु भएको थियो । सोनीले गर्दै आएको कार्यलाई अगाडी बढाउनलाई सम्पूर्ण कार्यकर्ताहरुलाई आव्हान गर्दै सोनीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नु भयो ।

क्षेत्रीय सदस्य राम प्रसाद घिमिरे, नगर सदस्य अर्जुन नेपाली, डी. वी. राना, अमृत के. सी. र धारुहेरा एरिया समितिदेखि धु्रव थापा, भिवाडी एरिया समितीदेखि राम कुमार नेपाली एवम् देव बहादुर बगाले, महिला विभाग देखि निर्मला थापा र विद्यार्थी विभाग देखि रानी थापा लगायतले शोक मन्तव्य दिदै हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो ।

वक्ताहरुले शोकाकुल परिजनप्रती समबेदना प्रकट गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार