हैदराबाद । फालेलुङ गाउँपालिका मेमेङ फिदिम वडा नम्बर १ जिल्ला पाँचथर बिर्जमान राईको छोरा अर्जुन कुमार राई हाल हैदराबादस्थित गन्डिमैसम्मा पोचमपल्लीमा श्रीमति रत्ना राई, छोरा सचिन राई र छोरी मोनिका राईको साथमा रहँदै आउनु भएको थियो । लामो समयदेखि दुबै मृगौला ग्रसित भै डायलासिस गर्दै आउनु भएको थियो भने हाल खुट्टामा मार लागि गान्धी अस्पतालमा अप्रेसन गरिएको थियो । उपचारको क्रममा नै निजको २५ मई २०२२ का दिन ५४ वर्षको उमेरमा अकल्पनीय निधन भएको छ ।
मृत्युको खबर मध्य दक्षिण क्षेत्रीय समितिका सचिव तिलाक रानालाई जानकारी आए पश्चात् क्षेत्रीय सचिव तिलक राना, मध्य नगर समितिका कोषाध्यक्ष राजु दुलाल र नगर सदस्य गुमा राना तुरुन्त अस्पताल गई घटनाको विवरण बुज्ने काम गरिएको थियो ।
अस्पतालमा प्रशासन प्रक्रिया पूरा गरि २६ मई २०२२ का दिन निजको आफन्त जन ईस्टमित्रहरु र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज समाजका कार्यकर्ताहरुको उपस्थितमा अन्तिम दाहसंस्कार गरिएको छ ।
परिवारको आर्थिक स्थिती दयनीय रहेकोले एकता समाजको पहलमा रु. २६ हजार ८०० आर्थिक संकलन गरि दाहसंस्कार गर्ने गरिएको छ । बचत आर्थिक श्रीमती रत्ना राई छोरा सचिन राई र छोरी मोनिका राईलाई हस्तान्तरण गरिएको छ ।