प्रवासमा छोरा गुमाएका भेगबहादुरलाई मूल प्रवाहले स्वदेश पठायो

बेल रजाली,

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रवासमा छोरा गुमाएका अर्घाखाँचीका भेगबहादुर परियारलाई घर पठाएको छ ।

मूल प्रवाह नगर समिति जयपुर उत्तर एवं दक्षिणले दुर्घटनामा परी मृत्यु भएका राजन परियारका बुवा भेगबहादुरलाई तीन हजार रुपैयाँ सहयोग गरी घर पठाएको हो ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं १ चिदिका घर भएका वर्ष ३३ का राजन परियारको जयपुरमा दुर्घटनामा मृत्यु भएको थियो । रोजगारीका शिलशिलामा भारत आएका उनको यही अक्टुबर ५ तारिखका दिन अटो दुर्घटनामा परी निधन भएको थियो ।

छोराको दाहसंस्कार गर्न भारत आएका बुवा भेग बहादुरलाई मूल प्रवाहले बाटोखर्च सहयोग गरेको हो । उनको आर्थिक अवस्था कमजोर रहेका कारण सो रकम प्रदान गरिएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका सचिव नारायण ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार