घरेलु हिंसामा परेकी राधिकालाई मूल प्रवाहले न्याय दिलायो

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापि पश्चिम नगर समितिले घरेलु हिंसामा परेकि राधिका क्षेत्रीलाई न्याय दिलाएको छ । ४ नोभेम्बर २०२२ दिन नगर समितिलाई दिएको निवेदन अनुसार राधिका क्षेत्री आफ्नो श्रीमान भुपेन्द्र क्षेत्रीबाट पिडित भएको र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले मलाई सहयोग गरि दिनुहुन भनि अनुरोध गर्नुभएको थियो ।

पिडीत राधिका क्षेत्रीका श्रीमान भुपेन्द्र क्षेत्रीलाई समाजले छलफलको लागि बारमबार अनुरोध गर्दा पनि भुपेन्द्र क्षेत्री विभिन्न बाहानामा छलफलमा ने आय पछि २७ नोभेम्बर २०२२ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका प्रतिनिधि र पिडित राधिका क्षेत्री वापीदेखि बढोदरा गएर भुपेन्द्र क्षेत्री, उहाँको वुबा आमा र आफन्तहरूलाई राखी छलफल गर्दा भुपेन्द्र क्षेत्रीले बिगतमा गल्ती गरेको र आगामी दिनमा यस्ता खाले कुनै गल्ति गर्ने छैन ।

मेरो पारिवारिक जीवन सुख शान्तीसँग छोरीको उज्जवल भविष्यको लागि हामी श्रीमान श्रीमती एक आपसमा प्रेम र सद्भावका साथ रहने छु । बिगतका गल्ती दोहोर्‍यामा कानुनले देहाय बोमोजिन सजाय भोग्न र भुगत्न सहमत हुने छु भनि सहमत गर्नु भयो र टुट्टेको सम्बन्ध जोडिदिएकोमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार