हैदरावाद उत्तरमा महिला नगर विभागको भेला सम्पन्न

हैदराबाद उत्तर, ८ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिद्वारा सञ्चालित उत्तर नगर समिति अन्तर्गत उत्तर नगर महिला बिभागको प्रथम भेला ८ जनवरी २०२३ मा सम्पन्न भएको छ ।

भेलाको उद्घाटन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय सदस्य पुस्पा पौडेलले गर्नुभएको थियो । उद्घाटन मन्तव्यमा पौडेलले महिला हक र अधिकार प्राप्तिका लागि स्वयम् महिलाहरू नै संगठित भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

मूल प्रवाहका अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले वर्तमान समाजमा महिलाहरूलाई हेर्ने दृष्टिकोणको बारेमा चर्चा गर्दै- आमूल परिबर्तनको दिशामा अघि बढ्नको लागि महिलाहरु पनि राजनीति, सैद्धान्तिक र बैचारिक स्तरमा वृद्धि गर्दै सामाजिक व्यबहारमा जनतासँग घनिष्ट सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिनु भयो ।

‘राष्ट्रिय जनमोर्चाका लागि चुनाब कार्यनैतिक प्रश्न थियो तर चुनाब जितेर सरकार सन्चालन गर्ने उद्देश्य थियन, त्यसैले भोट कति आयो, कति सिट जित्यो भन्ने कुरा गौण कुरा हो ।’ हालै सम्पन्न चुनाबी परिणामको बारेमा चर्चा गर्दै भन्नु भयो- ‘मुख्य कुरा यो ब्यबस्थाभित्रका बेथिती र बिसंगतीहरुका बारेमा जनतालाई जानकारी गराउँदै सचेत र संगठित गर्दै आन्दोलनको विकासमा जानू नै हो ।’

त्यस्तै क्षेत्रीय सदस्य सुर्य बहादुर थापा, लाल बहादुर थापा, जनजाति क्षेत्रीय बिभागका धन बहादुर थापा, रक्तिम क्षेत्रीय बिभाग कि माया थापा, मूल प्रवाह क्षेत्रीय सदस्य तथा उत्तर नगर अध्यक्ष मोहनलाल शर्मा लगायतले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

भेलाले बिजुला शर्माको संयोजकत्वमा ३१ सदस्यीय उत्तर नगर महिला बिभागको गठन गरेको छ । जसमाः अम्बिका अधिकारी, जमुना थापा, माया भुजेल, सीता आचार्य, अम्बिका कार्की, कमला दास, लक्ष्मी कलावती, बलिदेबी विक, हिरा विक, शान्ती परियार, रेखा परियार, मिना विक, कमला पौडेल, सीता थापा, लक्ष्मी थापा, जमुना केसी, चन्द्रादेबी थापा, शान्ता क्षेत्री, देबु केसी, देबि थापा, यशोधा न्यौपाने, राधा थापा, लक्ष्मी केसी, जमुना पौडेल, सन्तोशी गौतम, इन्द्रा चौधरी, रितु चौधरी र खगिसरा थापा रहनु भएको छ ।

कार्यक्रमको सञ्चालन सीता थापा, अध्यक्षता अम्बिका अधिकारी, अतिथिहरुको आसन ग्रहण, वीर सहिदहरुप्रती एक मिनेटको मौनधारण पश्चात् कमला पौडेलले स्वागत गर्नुभएको थियो । भेलाले निर्बाचित गरेको नमावली नगर कोषाध्यक्ष तेजेन्द्र प्रसाद शर्माले प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार