मृत्यु पछि पनि आधार कार्ड अनिवार्य ?

अहमदावाद । सन १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धी अनुसार दुबै देशका नागरिकहरु एक अर्काको देशमा स्वतन्त्र रुपमा आवत जावत गर्न पाउनुका साथै रोजगार, सम्पत्ती आर्जित लगायत विभिन्न प्रकारका अधिकारहरु निश्चित गरिएको छ । तर, भारत सरकारले नयाँ नीति अनुसार भारतमा रहने जुनसुकै व्यक्तिले आफ्ना आधारभूत सुविधा प्राप्त गर्नका लागि आधार कार्ड अनिवार्य बनाएको छ ।

आधार कार्ड बनाउन सरकारले कैयौं नयाँ नयाँ सर्तहरु समेत जारि गर्दै आएको छ । शुरुका दिनमा आधार कार्ड केवल परिचयको लागि बनाइएता पनि हालका दिनमा अनिवार्य सर्तको रुपमा प्रयोग हुँदै आएको छ ।

यसै बीच गुजरातको अहमदावास्थित नरोडा जिआईडिसीमा एक नेपालीको आधार कार्डको अभावमा दाहसंस्कार समेत हुन सकेन । भारतस्थित श्रमजिवी नेपालीहरुको सामाजिक तथा अभिभावकीय भूमिका निर्वाह गर्दै आएको संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सो समस्या समाधान गर्नका लागि पहल गरेको छ । समाजको एरिया समितिका अध्यक्ष लगाय विभिन्न कार्यकर्ताहको पहलमा स्थानीय पुलिस प्रशासनलाई समशान घाटमा पुर्‍याई आवश्यक सर्त पुरा गइएको थियो ।

मृतक कञ्चनपुर जिल्ला, चाँदनी दोधरा २ निवासी ६८ वर्षीय बुद्धिसरा टमटा हुन् । उनको १ जनवरी २०२३ का दिन अहमदावादको नरोडा जिआइडिसीमा मृत्यु भएको थियो ।

रासनकार्ड, आधारकार्ड, भोटरकार्ड, पानकार्ड—यी कुनै पनि भारतीय नागरिकताको प्रमाणपत्र होइनन् । भारतमा नागरिकता प्रमाणपत्र प्रदान गर्ने प्रचलन छैन । रासनकार्ड राशन प्राप्तीका लागि, आधारकार्ड भारतमा बसोबास गरेकालाई आधारभूत सुविधा प्रदान गर्न, भोटरकार्ड निर्वाचन प्रयोजनका लागि र पानकार्ड कारोबारका लागि मात्रै प्रदान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार