जयपुरमा ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

८ मार्च २०२३ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुर महिला विभाग उत्तर एवं दक्षिणको संयुक्त आयोजनामा ११३ ओेैं अन्तराष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ ।

लक्ष्मी के.सी.को अध्यक्षता र हुमा रजालीको संचालनमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित सबैलाई माया थापाले स्वागत गर्नु भएको थियो । कार्यक्रममा सहिदहरुको सम्झनामा १ मिनेट मौन–धारण गरिएको थियो ।

मूल प्रवाहकी केन्द्रीय परिषद सदस्य दीपा थापा, मूल प्रवाह क्षेत्रीय सम्मेलन तयारी समितिका नारायण ज्ञवाली, केन्द्रीय जनजाती विभागका ओम थापा, मूल प्रवाह जयपुर दक्षिणका अध्यक्ष रिम राना लगायतले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको महत्वका बारेमा बोल्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार