काठमाडौँ । ‘नेपालको शिक्षा, कर्पोरेट प्रणालीले कब्जा गरेको’ शिक्षाविद् गुणराज लोहनीले बताउनु भयो । प्रगतिशील लेखक सङ्घले आयोजना गरेको माक्र्सवादी दृष्टिमा नेपालको शिक्षा प्रणाली विषयक परिसंवाद कार्यक्रममा वहाँले सो धारणा राख्नु भएको हो ।
‘निगम पुँजीवादी शिक्षा प्रणालीले अति दक्ष जनशक्तिको उत्पादन त गर्दछ तर त्यो जनशक्ति, विकसित मुलुकहरूका लागि सस्तो श्रम शक्तिमा मात्र प्रयोग भएको’ शिक्षाविद् लोहनीको धारणा थियो । ‘नेपालमा गणतन्त्र आए पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा झनै समस्या बढ्दै जानुमा विदेशमुखी शिक्षा प्रणाली मूल कारण भएको’ वहाँको तर्क थियो ।
प्रलेसका अध्यक्ष डा।मधुसूदन गिरीको अध्यक्षतामा अगाडि बढेको ६२औँ परिसंवाद कार्यक्रममा आफ्नो विषयवस्तु राख्दै शिक्षाविद् लोहनीले ‘नेपालको शिक्षामा विद्यार्थीहरूको पहुँच कम हुँदै जानुमा १० बालबालिकाहरू अनुत्पादक श्रममा लाग्नुपर्ने २० घरको आर्थिक अवस्था कमजोर हुने ३० शिक्षा प्रति विश्वास नहुने ४० पढेपछि अरू देशको लागि काम गर्ने त हो नि भन्ने दृष्टिकोण निर्माण हुने लगायतका कारणहरू रहेको’ बताउनु भयो ।
नेपालको शिक्षा प्रणालीमा सुधार ल्याउन ‘कसलाई पढाउने ? के पढाउने ? कसरी पढाउने ? किन पढाउने ? कहाँ पढाउने ? जस्ता प्रश्नहरूलाई सम्बोधन गर्नुपर्ने’ वहाँको धारणा थियो । ‘अहिलेको बुर्जुवा शिक्षा प्रणालीले एउटा प्राविधिक विद्यार्थी मात्र निर्माण गरेको’ बताउँदै वहाँले ‘विद्यार्थीहरू संसारलाई बुझ्ने तथा त्यसलाई बदल्ने दिशातर्फ अग्रसर हुनुपर्ने’ वहाँको तर्क थियो ।
प्रलेसमा उपाध्यक्ष नमुना शर्माको सञ्चालनका साथ अगाडि बढेको परिसंवाद कार्यक्रमको विषयवस्तुको बारेमा परिसंवाद कार्यक्रमका संयोजक समीर सिंहले प्रस्ट पार्नु भएको थियो । कार्यक्रममा भौतिक उपस्थितिका साथै जुम प्रविधिबाट देश विदेशबाट समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा डा।कौशिला रिसाल, राम विनय, पार्वती राउत, ईश्वरचन्द्र ज्ञवाली, समीर सिंह, बलभद्र भारती, वैरागी जेठा, अम्बिका दाहाल लगायतले पूरक टिप्पणी तथा प्रश्न गर्नुभएको थियो ।
परिसंवाद कार्यक्रमको अवसरमा ईश्वरचन्द्र ज्ञवालीको कविता सङ्ग्रह आलोकका प्रतिबिम्ब समेत विमोचन गरिएको थियो ।