कोहिमा, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर क्षेत्रीय समिति अन्तर्गत कोहिमा नगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ ।
भिम श्रेष्ठको अध्यक्षता र प्रेम सुनारको सञ्चालनबाट अगाडि बढेको सो सभालाई केन्द्रीय सदस्य एवं क्षेत्रीय अध्यक्ष हेम बहादुर क्षेत्री र केन्द्रीय सदस्य गम बहादुर सुनारले सम्बोधन गर्नुभएको थियो ।
वक्ताहरुले नेपालमा राजनीतिक दलहरुले अराष्ट्रिय गतिविधि गर्दा प्रवासी नेपालीहरुको भावनालाई पनि ठेस पुग्ने गरेको बताउनु भयो । ‘राष्ट्रघाती नागरिकता विधेयकले नेपालमा वास्तविक नेपालीलाई अल्पमत पार्ने छ, त्यसको लागि आजैदेखि विरोध गर्नु पर्ने आवश्यकता छ’ भन्नु भयो ।
राष्ट्रियताको रक्षा, जनतन्त्र र जनजिवीको सवाल होस् वा भारतस्थित श्रमजिवी नेपालीहरुको सामाजिक न्यायको हकमा होस् मूल प्रवाहले अग्रिणी भूमिका निर्वाह गर्दै आएको वक्ताहरुको भनाई थियो ।