भारतस्थित नेपालीहरुको हकहितमा मूल प्रवाह मात्रै बोल्छ : पौडेल

बिन बहादुर रेग्मी
सुरत । सयौं जनमासले खचाखच भरिएको, कुर्ची, पानी, पंखा व्यवस्थापन, मञ्च डेकोरेशनको शानदार संयोजन बीच २ जुलाई २०२३ का दिन मिनिबजार सौराष्ट्र पटेल समाज हलमा पूणर् विकको अध्यक्षता र धु्रवराज न्यौंपानेको सञ्चालनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति र सचिन नगर समितिको संयुक्त व्यानरमा छैठौं पश्चिम भारत क्षेत्रीय सम्मेलनको सन्देश सभा र दुबै नगर समितिको घोषणा सभा भव्य रूपमा सम्पन्न भएको छ ।

भारतस्थित नेपालीहरुको हकहितका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मात्रै बोल्ने गरेको समाजका महासचिव प्रेम पौडेलले बताउनु भएको छ । छैठौं पश्चिम भारत क्षेत्रीय सम्मेलनको सुरतमा सम्पन्न सन्देश सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै पौडेलले सो धारणा राख्नुभएको हो ।

“प्रवासी नेपालीहरुको मताधिकार र प्रतिनिधित्व लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरुको हकहित र सामाजिक सुरक्षाका लागि संगठित बनौ” भन्ने मूल नाराका साथ २०-२१ मई २०२३मा सम्पन्न छैठौं पश्चिम भारत क्षेत्रीय सम्मेलनले गरेका ऐतिहासिक निणर्यलाई क्रियान्वयन गर्न गराउन सफलता प्राप्त भएको सभाको प्रमुख सन्देश थियो ।

त्यस्तै केन्द्रीय सचिव वेदबहादुर कार्की, केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, केन्द्रीय सदस्य रमकला काउछा, श्रीधर शर्मा, कृष्ण कुँवर, मोहन बस्नेत, आईएमई प्रबंधक हिमांशु लेखक, पश्चिम भारत क्षेत्रीय कोषाध्यक्ष हरी कुमार गिरी,मध्य पश्चिम भारत क्षेत्रीय सचिव बोम सिंजापति, सदस्य सविना कुँवर, जितु ठकुल्ला, सल्लाहकार बिन बहादुर रेग्मी, नवीन शर्मा, शोभा धामी, क्षेत्रीय महिला संयोजक विष्णु मायाँ शर्मा, लाल बहादुर तरामी, याम बहादुर तारुन, वापि पश्चिम नगर अध्यक्ष निखिल रावत, वापि पूर्व नगर अध्यक्ष भुवन सिंह धामीको आसन ग्रहण पश्चात ज्ञात अज्ञात सहिदहरुको संझनामा एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा सहभागिहरुलाई भिम साउँदको स्वागत मन्तव्य र रक्तिम कलाकारको स्वागत गीतले हलमा अत्यन्तै उत्साह प्रदान गरेको देखिन्थ्यो ।

उद्घाटन मन्तब्य दिदै प्रवासमा रहेका नेपालीहरुको समस्या समाधानको लागि सचेत र जागरुक संगठित हुनुको विकल्प नरहेको महासचिव पौडेलले बताउनु भयो । ‘नेपाल सरकारले प्रवासबाट स्वदेश जाने नेपाली दाजुभाइ दिदीबहिनीलाई एक सय मूल्य भन्दा बढीको समान लगेर गएमा भन्सार लगाउने नाममा सामान्य झिटीगुण्टाको पनि भन्सार लगाउन सुरु गरेको छ, त्यसको विरोध मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले गरेको छ ।’ पौडेलले भन्नु भयो- ‘रवि लामिछानेको पार्टी त बोलेन देख्नु भयो नि ? रवि लामिछानेको पार्टी कोद्वारा र कसरी सञ्चालित छ हामी सबैलाई थाहा छ । त्यो पार्टी केवल धनाढ्यहरुको पार्टी हो, जसको प्रमाण उसका दस्तावेजहरुले बोल्दछन् । स्टण्टबाटजीबाट आएको पार्टी स्टण्टबाटजी बाट नै समाप्त हुनेछ । विभिन्न प्रकारका जन लुभावना नाराहरु दिएता पनि व्यवाहरमा त्यो पार्टी जनता र सर्वसाधारणको पहुँछमा छैन ।’

एमसीसी पास गर्ने दलाल पार्टीहरूलाई हामीले नचिनेको हो र ? सीमा अतिक्रमण, महंगी, कालाबजारी, दलाली, कमिशनखोर, भ्रष्टाचार माफियाको विरुद्धमा मूल प्रवाहले आवाज उठाउँदै आएको पौडेलले बताउनु भयो ।

‘राष्ट्रियता जनतन्त्र जनजीविकाको लागि गरिएको आन्दोलनमा एकता समाजको सधैं ऐक्यवद्धता रहने गरेको छ ।’ महासचिव पौडेलले भन्नु भयो- ‘संघीयता सिद्धान्तः गलत होइन तर, नेपालको लागि संघीयता घातक छ । स्थानीय स्वशासन सहित विकेन्द्रीकरणमा आधारित एकात्मक व्यवस्था नै नेपालको आबस्यकता हो ।’

नव निर्वाचित समितिले यहाँका तमाम नेपालीहरु माथि भैपरि आउने समस्याहरूमा ध्यान दिने शुभेक्षा सहित केन्द्रीय सचिव वेद बहादुर कार्की, केन्द्रीय सल्लाहकार मोहन वस्नेत, नेकपा माले प्रतिनिधि हिरण्य कुँवर, वाँपी पूर्व नगर अध्यक्ष भुवन सिंह धामी, आईएमई प्रबंधक हिमांशु लेखकले मन्तव्य दिनुभएको थियो ।

सचिन नगर समिति

सचिन नगर समितिको घोषणा केन्द्रीय सदस्य एवं पश्चिम भारत क्षेत्रीय सचिव कृष्ण कुँवरले प्रस्तुत गर्नुभएको थियो । जसमा : १३ पुर्ण, चार वैकल्पिक र चार सल्लाहकार गरी २१ सदस्यिय सचिन नगर समिति रहेको छ । जसमाः अध्यक्ष- बिन बहादुर रेग्मी, उपाध्यक्ष- सविन चौधरी, सचिव- ईन्द्रा सोनी, उपसचिव- जयन्द्र धामी, कोषाध्यक्ष- नबिन गिरी, सदस्यहरुमा क्रमशः टेक बहादुर साउँद, प्रकाश गिरी, धर्म रोकाय, राजु घर्ति, आशा सिंह, सुन्दर अर्याल, धर्म नाथ र एक स्थान रिक्त, वैकल्पिक सदस्यहरुः- रबि श्रेष्ठ, देवराज थापा, रामु आचार्य र एक स्थान रिक्त रहेको छ । त्यस्तै भेलाले जंग बहादुर पल्ली, करन केसी, मान बहादुर धानुक र हरि कुमार गिरीलाई सल्लाहकार चयन गरेको छ ।

सोही अवसरमा सचिन महिला विभागको पनि घोषणा गरिएको छ । जसमाः संयोजक- इन्द्रा सोनी, सदस्यहरुमाः राधा रेग्मी, संगीता परियार, सोनिया पौडेल, सावित्रा अर्याल, आशा सिंह, गीता राई, शितल चौधरी, वेबु साउद, सुजाता भण्डारी र ममता ठाकुर रहनुभएको छ । महिला नगर विभागको घोषणा क्षेत्रीय महिला विभागकी संयोजक विष्णु मायाँ शर्माले प्रस्तुत गर्नुभएको थियो ।

सुरत नगर समिति

सुरत नगर समितिको घोषणा केन्द्रीय सदस्य गोविन्द थापाले प्रस्तुत गर्नु भयो । जस्मा : २१ पुर्ण, ५ वैकल्पिक, ५ सल्लाहकार गरि ३१ सदस्यिय सुरत नगर समिति रहेको छ । जसमाः अध्यक्ष- किशोर ताम्राकार, उपाध्यक्ष- प्रकाश जनाला, सचिव- टंक शाह, उपसचिव- कटक विक, कोषाध्यक्ष- पूणर् विक, सदस्यहरुमा : गोविन्द सुनार, गीता बस्याल, शान्ति तिरुवा, डम्मर विक, नमराज ताम्राकार, लक्ष्मण सुनार, राजु ओड, दीपेन्द्र खड्का, जनक उखेडा, राजु परियार, ओम सलामी मगर, अर्जुन सुनार, भिम साउँद, राजु सोनी, लक्ष्मी ताम्राकार एक रिक्त, वैकल्पिक सदस्यहरुमाः सुष्मा श्रेष्ठ, लीला डाँगी, पदम कुँवर, दिनेश रिजाल र प्रताम जनाला रहनुभएको छ । भेलाले रमेश खत्री, विजय श्रेष्ठ, नबिन शर्मा, दिनेश गिरी र ध्रुवराज न्यौंपानेलाई सल्लाहकारमा चयन गरेकोछ ।

त्यस्तै २१ सदस्यिय सुरत महिला विभागको पनि गठन गरिएको छ । जसमाः संयोजक शान्ति तिरूवा, सदस्यहरुमा क्रमशः लक्ष्मी ताम्राकार, देबु जनला, कमला सुनार, गीता बस्याल, अञ्जली रसाइली, रितु चौधरी, सुरजा सुनार, दुर्गा रसाईली, सुष्मा श्रेष्ठ, सुष्मिता गिरी, ममता विष्ट, नन्दा बिष्ट, रनुजा श्रेष्ठ, कञ्चन मगर, लक्ष्मी विक, खगिसरा लामिछाने, गीता जैन र एक रिक्त रहेको छ । महिला विभागको घोषणा केन्द्रीय सदस्य रमकला काउछाले प्रस्तुत गर्नुभएको थियो ।

मध्य पश्चिम भारत र पश्चिम भारत दुबै क्षेत्रीय समिति अन्तर्गतका कलाकारहरुले भव्य गित, संगित एवं नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार