बिन बहादुर रेग्मी,सुरत
सुरत । एक हप्ता अगाडि गुजरातको सूरतमा एक जना पहिचान नखुले नेपालीको लास भेटिएको थियो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिका सल्लाहकार नबिन शर्माको पहल र सक्रियतामा सुरत नगर समितिका अध्यक्ष किशोर ताम्राकार, उपाध्यक्ष प्रकाश जनाला, धु्रव न्यौंपाने, पूणर् विक लगायतको प्रतिनिधि मण्डलले पञ्चनामा गरि औपचारिकता पूरा गरेर पोष्टमार्टमको लागि केश अगाडि बढाएको थियो ।
विभिन्न सामाजिक सञ्जाल फेसबुक पेजबाट आफन्तको खोजीमा खबर पोष्ट गरिएको थियो । एक हप्ता हुँदासम्म पनि कोही कहीं कतैबाट पनि आफन्त इष्टमित्र साथीहरु जो उनलाई चिन्ने नआए पछि २५जुलाई २०२३ मा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समितिका अध्यक्ष किशोर ताम्राकारको नेतृत्वमा विभिन्न सामाजिक संघ संस्थासँग जोडिएका व्यक्तित्वहरुको उपस्थितिमा अन्तिम मानवीय सम्मान सहित दाहसंस्कार गरिएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेद बहादुर कार्की, सल्लाहकार नबिन शर्माले शोक मन्तव्य राख्नु भएको थियो ।