गुजरातको सुरतमा मूल प्रवाहको एरिया समिति गठन

बिन बहादुर रेग्मी,
सुरत,
6 अगस्त 2023, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत कतारगाममा  लिलाराम डांगीको पहलकदमी र क्षेत्रीय समिति सदस्य ध्रुवराज न्यौपाने, सुरत नगर उपाध्यक्ष प्रकाश जनला, नगर सदस्य भीम साउदको विषेश उपस्थितिमा भेला सम्पन्न भयो । भेलामा क्षेत्रीय समिति सदस्य ध्रुवराज न्यौपानेले भारतमा नेपालीहरूका समस्याबारे प्रकास पार्दै संगठनमा आबद्ध हुन जरुरी भएको भन्दै संगठित हुन जोड गर्नु भयो । वहाँले भन्नु भयो, हुन त भारतमा संगठन थुप्रैछन, तर अभिभावकको रुपमा नेपालीहरुका भईपरि आएका समस्याको समधान गर्ने मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मात्र भएको र प्रवासीहरुका हरेक खाले समस्याको समाधानको लागि काम गर्दै आईरहेको छ ।
नगर सदस्य भीम साउदले पनि प्रशिक्षण दिनु भएको थियो । हामी सबै संगठनमा आबद्ध हुन किन जरुरी छ भने हामी थुप्रै नेपालीहरु प्रवासमा फैलिएर बसिरहेका छौं । हामीहरु असंगठित भएर बस्यो भने यहाँको सेठहरू देखि लिएर अन्य सामान्य मानिसहरुले समेत हेला अपमान गर्ने तथा दवाएर राखेका हुन्छन, विना गल्ती कसैलाइ तलव नदिएर कामवाट निकालिएका हुन्छन्, कसैलाई कुटपिट गरेर यातना दिएका हुन्छन् त्यो समस्याको समाधान एक्लै व्याक्तिले गर्न सक्दैन तेस कारण तपाईंहरु मुल प्रवाहमा आवद्ध हुन जरुरी छ । मुल प्रवाह अखिल भारत नेपाली एकता समाज भनेको प्रवासी नेपालीहरुको जिउदाको जन्ति मर्दाको मलामी भएर अभिभावकको रुपमा काम गर्दै आइरहेको एक मात्र संगठन हो भनेर स्पष्ट पार्नु भयो ।
सो भेलाले लिलाराम डांगीको अध्यक्षता 14 सदस्यी समाज कतारगाम एरिया समिति गठन गरेको छ । जसमा उपाध्यक्षः पुष्कल परियार, सचिवः प्रेम ओली, सहसचिवः दल बहादुर साउद, कोषाध्यक्षः शंकर परियार, सदस्यहरूमा गणेश डांगी, अनिता परियार, राम परियार, कालु दास, भीम परियार, बैकल्पिक सदस्यः कल्पना डांगी, दिलिप परियार, सल्लाहकारहरूः पदम परियार, गगन डांगी र एक स्थान रिक्त रहेको छ । भेलाको अन्तमा प्रकाश जनलाले नयाँ समितिलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार