क्षेत्रीय सम्मेलन अभियान सम्पन्न भएको छ तर, हाम्रो दायित्व झन थपिएको छ : खनाल

कोहिमा २७ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्वोत्तर क्षेत्रीय सम्मेलन भब्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि ठाकुर खनालले भारतमा दुई खाले नेपालीहरू रहेको र दुबैका राष्ट्रियता अलगअलग भएता पनि समस्या भने समान रहेको बताउनु भयो । वहाँले प्रवासी नेपाली गासे होइनन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धिले भारतमा नेपाली नागरिकहरूलाई भारतीय नागरिक सरह अधिकार र अवसरको प्रदान गरेको छ । तर, व्यवहारमा नेपालीहरू गासेको रूपमा हेर्ने भेदभाव एवं दुव्र्यवहार गर्ने गरिन्छ । अझ त्यसमा नेपालीहरूले पनि नेपालीसँग भेदभाव गर्नु दुर्भाग्यपूणर् छ ।

१९१६ को सुगौली सन्धिले भारतीय नागरिक बन्न पुगेका नेपालीहरूलाई भारत समाज र प्रशासनले आजसम्म अपनाउन नसक्नु र उनीहरूलाई भाषा र साँस्कृति फरक भएकोले उपेक्षा एवं भेदभावको शिकार हुन परेको कुरा लुकेको छैन । अझ भारत सरकारले अगाडि सारेको एन.आर.सी.ले लाखौं नेपाली भाषी भारत नागरिक अयोग्यको सुचीमा परेका थिए । प्रवासी नेपालीको आफ्नो वतन छ । कुनै समस्या परे झोला उठाएर नेपाल जान्छन् । तर, नेपाली भाषी भारतीय नागरिक के हुने हो ? आफ्नो देशमा अयोग्यको सुचीमा परे पछी जाने ठाउँ नै छैन । यो अवस्थामा नेपाली भाषी भारतीय नागरिक र प्रवासी नेपालीहरू एकआपसमा सहकार्य गरेर आ-आफ्ना हकहितको लागि संघर्ष गर्नु पर्ने आवश्यक छ ।

हाम्रो संगठन मूल प्रवाहले आफ्नो स्थापना कालदेखि नै भारतीय जनता नेपाली जनताको मित्रता र सहकार्यमा जोड दिदै आएको छ । नेपालको सन्दर्भमा चर्चा गर्दै ब्रिटेनमा सन १६०० मा व्यापारी संस्थाको रूपमा गठित इस्ट ईन्डिया कम्पनीले सन १९०८ मा भारतका विभिन्न राजा नवाबहरूलाई आफ्नो प्रभावमा पारेर आफू अनुकूल निणर्य गराउने र सन्धि थोपर्ने काम गर्‍यो । १९७० मा ब्रिटेनले इस्ट ईन्डिया कम्पनीलाई ब्रिटेनको तर्फबाट युद्ध लड्ने अनुमति समेत दिएको र १६९५ सम्म वर्तमान भारत, पाकिस्तान र बंगलादेशका अधिकांश भु-भागमा सो कम्पनी मार्फत १८५७ सम्म शासन गरेको र १८५७ देखि १९४७ सम्म भारतमा नै राजधानी कायम गरि शासन गरेको इतिहास साक्षी छ ।

अहिले अमेरिकी साम्राज्यले सैन्य रणनीतिकै रूपमा एमसिसी अगाडि सारेको र नेपाललाई आफ्नो फन्दामा पार्न सफल भएको छ । तर, एसपीपी पासगराउ सफल भएन । राष्ट्रियताप्रति सचेत नेपालीले लगातार एमसिसीको विरोध गरि रहेका छन् । अमेरिकाले अहिलेसम्म विभिन्न राजनैतिक पार्टी भित्र घुसपैठ गराएर आफ्नो स्वार्थ पूरा गर्ने गरेको थियो अब उ आफ्नो पक्षको पार्टी नै खडा गरेर नेपालमा आफ्नो कठपुतली सरकार गठन गर्न चाहन्छ । त्यसको लागी उसले धार्मिक भावनाको दोहन समेत गरेको छ । घण्टी चिन्हमा हिन्दू भावना जोडिएको छ । तर, त्यो मन्दिरको घण्ट हैन । चर्चको घण्टा हो, सांगठनिक रूपमा क्रीस्चियन धर्मलाई प्रयोग गरेको छ । अर्कोतिर प्रतिगामीहरू गुमेको सत्ता प्राप्तिको लागि धार्मिक साम्प्रदायिक टकराव पैदा गर्ने दुस्साहस गरि रहेका छन् ।

अहिले पुर्वी नेपालमा जुन घटनाक्रम भएको छ त्यो त्यही षड्यन्त्रको हिस्सा भएको अध्यक्ष खनालको भनाई थियो । अहिले देश दोहोरो संकटबाट गुज्रिएको छ । एकातिर देशको राष्ट्रियता र अर्को तिर जनताको बलिदानीपूणर् संघर्षबाट स्थापित गणतन्त्र संविधान र धर्मनिर्पेक्षता खतरामा छ । यो अवस्थामा हामी देशका सबै देशभक्त लोकतान्त्रिक नेपालीहरू एकजुट भएर संघर्ष गर्नुको विकल्प छैन ।

‘सम्मेलनको विषय चर्चा गर्दै अहिले क्षेत्रीय सम्मेलन अभियान सम्पन्न भएको छ तर, हाम्रो दायित्व झन थपिएको छ । एक तिहाइ हामी प्रवासी नेपालीहरू मताधिकार जस्तो आधारभूत अधिकारबाट बंचित छौं ।’ अध्यक्ष खनालले भन्नु भयो- ‘भारत नेपालीको हकहित सुरक्षीत छैन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज यी सबै विषयमा गम्भीरताका साथ संघर्ष गरि रहेको छ । त्यसै क्रममा क्षेत्रीय सम्मेलन अभियान प्रवासी नेपालीहरूको मताधिकार तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं, भारत स्थित नेपालीहरूको हकहित र सुरक्षाको लागि संघर्ष गरौं भन्ने मूल नारा सहित सम्पन्न भएको छ । अहिले सम्मेलन अभियान मात्रै सम्पन्न भएको हो संघर्ष निरंतरता चलिरहेको छ ।’

सम्मेलनमा केन्द्रीय उपाध्यक्ष कपिल खनाल, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष अजय रेश्मी, नयाँ दिल्ली साँस्कृतिक विभाग संयोजक तथा कलाकार निर्मला पुनले पनि मन्तव्य दिनुभएको थियो ।

सम्मेलनले कृष्ण क्षेत्री (गोहाटीअसाम) को अध्यक्षतामा २१ सदस्यीय पूर्वोत्तर क्षेत्रीय समितिको चयन गरेको छ । जसमाः उपाध्यक्ष- भिम श्रेष्ठ (कोहिमा, नागालैण्ड), सचिव- गम बहादुर सुनार (कोहिमा), सहसचिव- मोहन ठकुरी (लाडरुमबाई मेघालय), कोषाध्यक्ष- हिमलाल सापकोटा (कोहिमा), सदस्यहरूमा दल बहादुर नेपाली (गोहाटी), अमित केसी (जोवाई मेघालय), बालकृष्ण शर्मा (आइजोल मिजोरम), शिव खनाल (उमलाफेर मेघालय), थानेश्वर पाण्डे (जोवाई), हरि बिक (कोहिमा), अर्जुन खनाल (जोवाई), हरि केसी (लाडरुम्बाई) मिलन राई (बरसोरा मेघालय), एक स्थान रिक्त । बैकल्पिक सदस्यमाः दल बहादुर खत्री (कोहिमा), हरि सापकोटा (गोहाटी), अनिता बासुमतरी (गोहाटी), गोविन्द कोइराला (लाडरुमबाई), दुर्गा बहादुर नेपाली (सिलोङ मेघालय) सल्लाहकारमा कुबेर लुइँटेल( सिलिगुडी), लक्षमण सापकोटा (गोहाटी) रघु थापा(सिलिगुडी), गोपीराम बिक (जोवाई) र प्रकाश बुढाथोकी (उमलाफेर) हुनुहुन्छ ।

घोषणा सभाको अध्यक्षता हिमलाल सापकोटा र सञ्चालन गम बहादुर सुनार सहभागीहरूलाई कृष्ण क्षेत्रीले स्वागत गर्नुभएको थियो । साथै पश्चिमोत्तर क्षेत्रीय समितिका कलाकारहरूद्वारा रोचक जनवादी साँस्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो ।

सम्मेलनको प्रथम दिन २६ अगस्टका दिन कृष्ण क्षेत्री अध्यक्षता र गमबहादुर सुनारको सञ्चालनमा अगाडि बढेको उद्घाटन समारोहमा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष ठाकुर खनाल, अतिथिहरूमा उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य हिमलाल सापकोटा, विद्यार्थी नेता अजय रेश्मी, साँस्कृतिक परिवारको कलाकार निर्मला पुनको अतिथि आसन पछि ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेटको मौनधारण गरिको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार