हैदरावादमा अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम मनाइयो

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय महिला विभागको आयोजनामा ८ मार्च २०२४ का दिन ११४औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम हैदराबादमा सम्पन्न भएको छ । उक्त कार्यक्रम पुष्पा पौडेलको अध्यक्षता सीता थापाको सञ्चालन र उपस्थित जनमानसलाई ईस्वरा पौडेलले स्वागत गर्नु भएको ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव प्रेम पौडेल, केन्द्रीय सदस्य फुलबीना पौडेल, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, क्षेत्रीय कोषाध्यक्ष, घनश्याम शर्मा, क्षेत्रीय सदस्य गंगा कडायत, क्षेत्रीय सदस्य राजु दुलालले अतिथिको आसन ग्रहण गर्नुभएको थियो ।

ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारणा गरिएको थियो । अतित्थ्यता आसन ग्रहण गर्नुभएका अतिथिगणहरूले अन्तर्राष्ट्रिय महिला दिवसको औचित्यता बारे जर्मनकी प्रसिद्ध महिला क्लारा जेटकिनलको कडा प्रयासका बाबजुद अन्तर्राष्ट्रिय समाजवादी काँग्रेसले १९१० मा अन्तर्राष्ट्रिय रुपमा सार्वजनिक विदा बनाउन सहमत भएको थियो । २१औं सताब्दीमा आईपुग्दा पनि महिलाहरूको अवस्था दयनीय रहेकोले महिलाहरूको समस्या समाधानका लागि महिला मुक्ति आन्दोलनमा अग्रसर भइ सम्पूणर् महिला वर्ग एकजुट हुनुपर्ने आजको आवस्यकता रहेको आ-आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रममा क्षेत्रीय महिला विभागकी सदस्य माया थापा, क्षेत्रीय रक्तिम विभाग- कृष्ण कुमारी विक, दक्षिण महिला विभाग- गुमा राना, लीला शाही, उत्तर महिला विभाग- बिजुला शर्मा, अमृता नेपाली, यसोधा बराल र कमला शर्माले शुभकमाना मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार