चण्डीगढ र हिसारमा मार्क्स दिवश मनाइयो

खिमराज चालिसे,

चंडिगढ, ५ मई । अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मंच चंडिगढको आयोजनामा विश्व सर्वहारा वर्गका महान नेता, दार्शनिक, अर्थशास्त्री तथा राजनितिज्ञ कार्ल मार्क्सको २०७औं जन्मदिवश समारोह भव्य रुपमा सम्पन्न गरिएको छ ।

मार्क्सवादको आवश्यकता र वर्तमान अवस्थामा रहेको विभिन्न चुनौतीहरु बारे चर्चा गर्दै बोल्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सदस्य तिलक पौडेल, केन्द्रीय सदस्य एंव नेपाली समाचार संयोजक खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, विद्यार्थी संघका केन्द्रीय अध्यक्ष माधव पोख्रेल, सुदुर पश्चिमोत्तर क्षेत्रीय सल्लाहकार जुना चालिसे, रक्तिम केन्द्रीय सदस्य बिनु नेपाली, समता विभागका लिला बिक, महिला विभाग संयोजक माया आचार्य लगाएत हुनुहुन्थ्यो।

कार्यक्रम थमन थापाको अध्यक्षतामा तथा तेज बहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको हो भने जमुना खनालले स्वागत गर्नुभएको थियो ।

हिसार,
अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मंच हिसारको आयोजना २०७औं मार्क्स दिवश कार्यक्रम सम्पन्न गरिएको छ ।

मार्क्स दिवशको महत्व तथा अवसरवादीहरुले माक्र्सवादी सिद्धान्त माथी गरिरहेको हमलाबारे चर्चा गर्दै मूल प्रवाहका केन्द्रीय बैकल्पिक सदस्य तारा सोमरेले गहकिला विचार राख्नु भएको थियो।

कार्यक्रम हुमकान्त अधिकारीको अध्यक्षतामा बाबुराम पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार