मूल प्रवाहको नगर सम्मेलन अभियान आरम्भ प्रयागराज नगर समितिको सम्मेलन भव्य रूपमा सम्पन्न

23 जुन 2024, प्रयागराज उत्तर प्रदेश

“प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागि संगठित बनौं” भन्ने मूल नाराका साथ दुई चरणमा भारतव्यापी रुपमा सम्पन्न हुने नगर सम्मेलन अभियान अन्तर्गत 22-23 जुन 2024 को उत्तर प्रदेशको प्रयागराजबाट अभियान शुरु गरिएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव प्रेम पौडेलले दिप प्रज्वलित गरि उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्वोधन गर्दै महासचिव पौडेलले भारतस्थित नेपालीहरूको समसामयिक समस्याको विषयमा मूल प्रवाह सधै गम्भीर रहेको बताउनु भयो। पौडेलले देशको वर्तमान अवस्था, भष्ट्राचार, महंगी, बेरोजगारी जस्ता गम्भीर समस्याबारे पनि मूल एकताले बुलन्द आवाज उठाईरहेको बताउनु भयो।

आठौं नगर सम्मेलनको बन्दसत्रको कार्यक्रम लक्ष्मीप्रसाद ज्ञावलीको अध्यक्षता तथा राजु अधिकारीको संचालनमा सम्पन्न भएको थियो, भने दुर्गा न्यौपानेले स्वागत भाषण र गोमा थापा, निरा आले, कुमारी लगाएतले स्वागत गितले स्वागत गर्नु भएको थियो।

नवौं नगर सम्मेलनले लक्ष्मी प्रसाद ज्ञवालीको अध्यक्षतामा 11 पुर्ण तिन बैकल्पिक सदस्यमा र तिन सल्लाहकार सहित 17 सदस्यीय प्रयागराज नगर समिति गठन गरेको छ। जस्मा उपाध्यक्ष किसन सिंह परियार, सचिव अनिल आले, सहसचिव सविता शर्मा, कोषाध्यक्ष जंग बहादुर राना र सदस्यहरुमा गोमा थापा, राजु अधिकारी, राम बहादुर थापा, मोहन खनाल, दुर्गा प्रसाद न्योपाने, प्रेम थापा, बैकल्पिक सदस्यहरुमा दिपक सिंह, अरुण सुनार, बुद्दि परियार, सल्लाहकार सदस्यहरुमा रामु बस्याल, शेर बहादुर मगर, आकास थापा रहनु भएको छ ।

सम्मेलनको दौरानमा गोमा थापाको संयोजकत्वमा नौ सदस्यीय महिला नगर विभाग गठन भएको छ । जस्मा अन्य सदस्यहरुमा गंगा ज्ञवाली, निरा आले, गीता, सविता, परमिला सुवेदी, माया राना, कुमारी राना, खिना सुनार रहनु भएको छ ।

नवनिचर्वाचित नगर समिति तथा महिला विभागलाई महासचिव प्रेम पौडेल, केन्द्रिय सदस्य ताल बहादुर खड्का, केन्द्रीय सदस्य एंव क्षेत्रिय अध्यक्ष राम प्रसाद बस्याल, क्षेत्रीय सदस्य महिला विभाग क्षेत्रीय संयोजक सोनु थापा, क्षेत्रीय सदस्य गोमा थापा, साँस्कृतिक बिभागका अर्जुन जि.एम, कलाकार विजय घर्ती मगर, दिपक सिंह सुनार, नेपाली भाषा तथा सांस्कृति प्रेमी तथा समाजसेवी किन्नर अखाडा की महामण्डलेश्वर कौशिल्या (टिना माँ), स्थानिय समाजसेवी आई सी तिवारी, सतिस गुप्ताले शुभकामना दिनु भएको थियो ।

घोषणा सभाको कार्यक्रम राजु अधिकारीको संचालनमा तथा किशन सिंह परियारको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत सबिता शर्माले गर्नु भएको थियो । क्रार्यक्रममा सांस्कृतिक विभाग भोपालका कलाकारहरूले रोचक सांस्कृतिक कार्यक्रम प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार