विष्णु शर्मा
हिजको प्यारो जन्म घर
आज माइत भयो।
घर मात्र कहाँ होर
थर पनि गयो।।
नया घर नया थर
नया नाता भयो।
हिजको ठुलो मुक्तकण्ठ
आज सुक्दै गयो।।
पाहुना बनी जानू पर्यो
जन्मे हुर्केको घरमा।
जीवन लीला सकिन्छ
अरिकाकै भरमा।।
पाइला पाइला परीक्षा छ
नया त्यो घरमा।
उत्कृष्ट बन्ने कोशिश गर्छीन्
माइतीमा सिकेको भरमा।।
पंन्छीका उड्ने पखेटा
कसैले काटीदियो।
उसका सपना चक्नाचुर पारी
आफ्ना लादिदियो।।
आमा बाबाको कोमल फुल
भुइको धुलो भयो।
चुलाचौका मेलापाता
त्यसैमा सिमित रह्यो ।।
दिनरात फुर्सद छैन
लाग्नुपर्छ काममा।
एउटा सानो सियो पनि
हुन्न उनको नाममा।।
दर्हो हुन्जेल हात पाखुरा
सबको प्यारो हुने।
बिमार परे बनाउछन्
कुना बसि रुने।।
मयुर झै नाच्ने खुट्टामा
प्यारालाइसिस भयो।
हेपिनु पर्छ त्यति नै
जति जस्ले सह्यो।।
उठ्नु पर्छ आधा धर्ति
अब कम्मर कसी।
अर्काले अधिकार ल्याइदिदैन
आफू चुप बसी।।
।समाप्त।