अम्बालामा प्रगतिशिल तिजी कार्यक्रम सम्पन्न

चंडिगढ, ६ सेप्टेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग अम्बालाको आयोजनामा प्रगतिशिल तिज भव्य रुपमा सम्पन्न भएको छ ।

‘प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागि संघर्ष गरौं’ भन्ने मूल नाराका साथ सम्पन्न समारोहको उद्घाटन मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालिसेले मैनबत्ती बालेर गर्नुभएको हो ।

उद्घाटन भाषणमा चालिसेले मूल प्रवाहले भारतस्थित नेपालीहरूको हकहित संरक्षण गर्दै पर्वहरुलाई प्रगतिशिल रुपमा मनाउँदै आइरहेको बताउनु भयो । वहाँले सामुहिक र संगठित रुपमा आफना न्याय पुर्ण लडाई लडनुपर्ने धारणा व्यक्त गर्नु भयो ।

समारोहलाई मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय सदस्य लक्ष्मण अर्याल, महिला क्षेत्रीय सदस्य सोभा रसाइली, नगर अध्यक्ष कमल सुवेदी, नगर सदस्य गंगा विसन ढकाल लगाएतले सम्वोधन गर्नुभएको थियोे ।

कार्यक्रम प्रेम रसाइलीको सञ्चालनमा तथा अन्जु सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत मैना ढकाले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार