नागरिकको २ अर्ब अपचलन गरेर एक वर्ष लुकेका मेयर देवकुमार जेलमा

बागलुङबजार । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जेल यात्रा सुरु गरेका छन् । तर उनको त्यो यात्रा लामो हुनेछैन, उनको पछाडि शक्तिशाली ‘बा’हरु छन् ।

सहकारीका नाममा आमनागरिकको २ अर्ब अपचलन गरेर परिवारसहित एक वर्ष विदेश लुकेका एमाले मेयर देवकुमार नेपाली ११ असोजमा मात्र भारतको दिल्ली विमानस्थलबाट पक्राउ परेका थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष रहेका नेपालीलाई बागलुङ लगेर मुद्दा प्रक्रिया अगाडि बढाइएको थियो ।

१६ महिनासम्म लुकेका उनी महान्यायधिवक्ताले बचतकर्ताको रकम फिर्ता गरे मुद्दा नचलनाउने निर्णय गरेपछि उनी एकाएक पक्राउ परेका थिए । उनले आफ्नो सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने बयान दिए पनि मंगलबार बागलुङ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।  इमेज सहकारीकै बचत ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई भने अदालतले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराएको थियो।

बागलुङ बजारमा मुख्य कार्यालय, बुर्तिबाङ र गलकोटमा सेवा केन्द्रका नाममा गैरकानुनी कारोबार गरेको इमेज सहकारीका संस्थापक अध्यक्ष नेपाली १६ महिनादेखि फरार थिए । सहकारीमा राखिएको बचतले नेपालीले निजी घर र जग्गा किनेका थिए ।

मेयर नेपाली गत वर्ष जेठदेखि परिवारसहित फरार भएका थिए । उनले सहकारी ठगी गरेर बागलुङ, कास्की, काठमाडौंमा गरेर १८ घरघडेरी जोडेका छन्।

सहकारी सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान, कर्मचारी लालमती रोका यसअघि नै थुनामा छन।
बागलुङको १ अर्ब ९० करोडबाहेक पोखरास्थित शाखाको पनि ६६ करोड रूपैयाँ हिसाब नमिलेको देखिएको छ । यो रकम नेपालीले कर्मचारीसँग मिलेर घरजग्गा खरिद, व्यक्तिगत प्रयोजनमा लगानी गरेका छन् ।

बागलुङको गरिब परिवारमा जन्मिएका देवकुमारका बुवा लालबहादुर दमाईं बुर्तिबाङमा कपडा सिलाउँथे । ०३२ जन्मिएका देवकुमार बुर्तिबाङ बजारनजिकै ओडारमा खरले छाएको घरमा हुर्किएका हुन् ।

कुनै बेला किराना पसल चलाएका नेपालीको जीवनस्तर सहकारीमा लागेपछि उकासिएको हो ।  सुरुमा सूर्यदर्शन सहकारीको उपाध्यक्ष भएका उनी ०६९ मा पोखराबाट बागलुङ फर्किए । इमेज सहकारी खोले । बागलुङ बजार, बुर्तिबाङ, गलकोट र पोखरामा अहिले सहकारीका शाखा छन् । तिब्बती शरणार्थी महिला छेलालाई उनले विवाह गरेका थिए । देवकुमारको  सहयोगमा ससुरालीतर्फका तिब्बती शरणार्थीहरु पनि यी सहकारीका बचतकर्ता छन् ।

उनको घर–जग्गा मात्र ३ अर्बको छ । श्रीमती छेला नेपाली र आफ्नो नाममा गरेर बुर्तिबाङमा ७, काठमाडौंमा ६, पोखरामा ३ र बागलुङमा २ गरेर १८ वटा घर रहेको उनले यसअघि नै सार्वजनिक गरेका थिए । पोखरा, काठमाडौं र बागलुङमा देवकुमार परिवारको ४४ कित्ता जग्गा छ । त्यसमध्ये ३४ वटा देवकुमार र बाँकी १० श्रीमती छेलाको नाममा छ।

०७४ मा एमाले प्रवेश गरेका नेपालीले चुनाव जिते, मेयर बने । ०७९ को चुनावमा फेरि एमालेबाट मेयर बनेका थिए । तर, सहकारी ठगीमा मुछिएपछि एमालेले नेपालीलाई निलम्बन गरेता पनि पार्टीबाट भने निश्कासित गरेको छैन । यसले यो स्पष्ट हुन्छ कि एमाले भ्रष्ट व्यक्तिहरु लुक्ने ओढार बनेको छ ।

अहिले देवकुमार पक्राउ परेर पुर्पक्षका लागि थुनामा गइसकेता पनि एमालेले उनलाई चोखाउने खेलमा लगातार लागिपरेको छ । १६ महिनासम्म लुकेका नेपालीलाई महान्यायधिवक्ताले बचतकर्ताको रकम फिर्ता गरे मुद्दा नचलनाउने सर्तमा एकाएक नाटकीय रुपमा पक्राउ परेका थिए । यो सबै एमाले कै परपञ्च अनुसार अगाडि सारिएको घटनाक्रम हो ।

देवकुमार नेपालीका आसेपासेहरु दिल्ली वा पञ्जावमा ‘पार्लेजी विस्कुट’को मार्केटीङ मेनेजरको काम गरि लुकिबसेको पनि खबर छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार