मूल प्रवाहको सक्रियतामा लापत्ता युवती फेला परिन्

चंडिगढ । भारतको दिल्लीबाट १८ जनवरी २०२५ को लापता भएकी अर्घाखाँचीकि २० वर्षिय युवती मनिषा नेपाली मूल प्रवाहको सक्रियतामा यहि ५ फरवरी २०२५ को पंजाबमा फेला परेकी छिन् ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ७ खानिगाउ स्थाई निवासी मनिषा नेपाली वर्ष २० दिल्लीबाट हराएसंगै मूल प्रवाहले खोजीमा सक्रियता बढाएको थियो ।

मूल प्रवाह पश्चिमोत्तर क्षेत्रको दिल्ली नगर अध्यक्ष सुनिल थापा र सुदुर पश्चिमोत्तर क्षेत्रको रोपड नगर सचिव मदन थापा, महिला नगर संयोजक हरिकला कडेल र नगर सदस्य भेग बहादुर टण्डन सहभागी मूल प्रवाहको टिमले युवतीलाई ५ फरवरी २०२५ को रुपनगर पंजाबबाट उद्धार गरेको थियो ।

उद्धार गरिएकी युवती मनिषा नेपाली एक बालकको आमा समेत हुन् । उनलाई श्रीमान श्रीमतीको सहमतीमा उनका श्रीमान गोपाल नेपालीलाई ५ फरवरी २०२५ को हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार