काठमाडौं । सरकारले कोरोना नियन्त्रण तथा उपचारका लागि खर्च गरेको १० अर्ब रुपैयाँको विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयले कोरोना संकटका बेला गरिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गरेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फ्त सो विवरण सार्वजनिक गर्नुभएको छ ।
सरकारले कोरोनासम्बन्धी कामकारवाहीमा १० अर्ब रुपैयाँ खर्च भइसकेको बताएपछि संसद र सडकमा समेत त्यसको विवरण माग गर्दै आवाज उठ्दै आएको छ ।
प्रदर्शनकारीहरुले सरकारले कोरोना संकटका नाममा ठूलो अनियमितता गरेको, सर्वसाधारणलाई पीसीआर बिधिबाट कोरोना परीक्षण नगरेको लगायत माग राखी प्रदर्शन गरिरहेका छन्।
थापाका अनुसार यस्तो छ, खर्च विवरणः
काेराेना राेकथाम, नियन्त्रण र उपचारमा भएकाे खर्च विवरण सीसीएमसी निर्देशन समितिकाे निर्णयअनुसार सार्वजनिक गरिएकाे छ ।
सम्बद्ध सबैमा यथार्थ विवरणमा अाधारित धारणा बनाउन पनि अनुराेध छ । pic.twitter.com/myYPnl3Faw— Surya Thapa (@ThapajiSurya) June 13, 2020