सुरत, १० नोभ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत सुरत नगर समितिद्वारा सञ्चालित सिटिलाईट भटार रोड बेशु र हजिराको सयूक्त भेला सम्पन्न भएको छ । नगर कोषाध्यक्ष पुर्ण विकको पहल सम्पन्न भेलामा महिला बिभाग नगर अध्यक्ष शान्ति तिरूवा, समता विभागका टिका विक, पश्चिम भारत क्षेत्रीय सदस्य टंक शाह लगायतको उपस्थिति थियो ।
भेलाले टेक सोनीको अध्यक्षतामा भटार सिटिलाइट एरिया समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष नबिन विक, सचिव– पुष्कल टिमिसेना, सहसचिव– जगत विक, कोषाध्यक्ष– नन्दा देवि बिष्ट, सदस्यहरूमाः धर्मेन्द्र बहादुर विक, कमल विक, आरएन विक, गोपाल विक, प्रकाश विक, सोभा देबि विक, कट्क विक, दुर्गा विक र तीन स्थान रिक्त राखिएको छ ।