खिमराज चालिसे
चंडीगढ, २२ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिद्धारा संचालित इन्डस्ट्रियल एरिया समिति अन्तर्गत सेक्टर २८ मा टोलभेला सम्पन्न गरिएको छ ।
सुदुरपश्चिमोत्तर क्षेत्रीय सल्लाहकार तथा महिला क्षेत्रीय विभागकी सचिव जुना चालीसे र क्षेत्रीय सल्लाहकार खिमराज चालिसेको संयुक्त पहलमा आयोजित भेलामा विभिन्न समसामयिक विषयहरुमा व्यापक छलफल पछि ५ सदस्यीय उज्यालो टोल समिति गठन गरिएको हो ।
लक्ष्मी अधिकारीको सञ्चालन तथा शमशेर केसीको अध्यक्षताम सम्पन्न कार्यक्रममा विभिन्न अतिथिहरुको आसन ग्रहण पछि क्षेत्रीय सल्लाहकार खिमराज चालिसेले नवगठित टोलस मितिको घोषणा गर्नुभएको थियो । जस्माः अध्यक्ष– लक्ष्मी अधिकारी, सचिव– नारायण प्रसाद गौतम, कोषाध्यक्ष– मिना पंथी, सदस्यहरुमा कृष्ण प्रसाद पौडेल र सिता गौतम हुनुहुन्छ ।
जुना चालिसेले जन्मदिन र संगठन निर्माण वारे संक्षेपमा वोल्दै शुभकामना दिनुभएको थियो । त्यस्तै सुदुरपश्चिमोत्तर क्षेत्रीय महिला विभाग सदस्य सिमा खड्का, एरिया कोषाध्यक्ष सरस्वता भुसाल, सदस्य विष्णु अर्याल लगायतले शुभकामना दिनुभएको थियो । महिला विभागका राधा खड्का, देउमती वुढाथोकी, इन्दीरा पौडेल, तारा ज्ञावली, सुनिता देवी, विद्यार्थी नगर विभागका सुरज चालिसे, सुभम जीसी, तन्नु अर्याल, वनिता अर्याल, वाल विभागका नम्रता भुसाल लगायत स–साना वालवालिकाहरुको उपस्थिति रहेको सो भेला महिला नेतृ जुना चालिसेको जन्मोत्सवको अवसरमा आयोजना गरि सम्पन्न गरिएको हो ।
स्मरण रहोस गत ३ वर्षदेखी सेक्टर २८ का मूल प्रवाहका कार्यकर्ताहरुले आफ्नो जन्म दिनको अवसरमा विषेश क्लासवा समितिको मिटिङ अथवा नयाँ साथीहरुको विचमा संगठन निर्माण मध्य कुनै एक काम गर्दै आएका छन् ।