गुजरातको जामनगरमा मूल प्रवाहको नगर समिति पुनर्गठन

जामनगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत जामनगर नगर समितिको पुनर्गठन गरिएको छ । ८औं अखिल भारत सम्मेलन सफल पार्न प्रचार-प्रसार अभियानको सिलसिलामा भुज, अन्जार, गान्धीधाम, मुर्बी, राजकोट हुँदै जामनगर पुग्दैगर्दा सो समिति पुनर्गठन गरिएको हो ।

भेला हरि बहादुर थापाको पहल तथा गणेश परियारको सञ्चालन र नरसिंह सुनारको अध्यक्षता तथा मिलन विकको स्वागत मन्तब्यबाट अगाडि बढेको थियो ।

भेलाले ८औं अखिल भारत सम्मेलन सफल पार्न जामनगरमा प्रचार प्रसारको लागि अपिल बितरण र सहयोगार्थको लागि ब्याफक लाग्ने, जामनगरमा छरिएर रहेका नेपालीहरुलाई संगठित गर्ने र उनीहरु माथी भैइपरि आउने समस्या सामाधान गर्नको लागि धेरैभन्दा धेरै प्रत्यन गर्ने निणर्य गरेको छ । निर्बाचित समितिलाई शुभकामना हरि बहादुर थापाले दिनुभएको थियो र क्षेत्रीय अध्यक्षबाट मूल प्रवाहको बारेमा भनाइ राख्दै नयाँ समितिलाई सफलताको शुभकामना दिदै धन्यवाद प्रकट गरिएको थियो ।

भेलाले नरसिंह सुनारको अध्यक्षतामा नगर समिति पुनर्गठन गरिएको छ । जसमाः उपाध्यक्ष- हरि बहादुर थापा, सचिव- गणेश परियार, सहसचिव- हेमराज राना र कोषाध्यक्ष- मिलन विक रहनुभएको छ । त्यस्तै सदस्यमाः तेज बहादुर परियार, सन्जय परियार, सन्तोस परियार, बोमबहादुर परियार, फाम बहादुर राना मगर, कृष्ण भण्डारी, दिलु विक, करण परियार, बैकपिक सदस्यमाः सुरेश विक र तिलक मल्ल रहनुभएको छ । त्यस्तै भेलाले सुरेस नेपाली र अनिल लुहारलाई सल्लाहकार चयन गरेकोछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार