गजल

बर्गिय मायाँले गर्दा सबै अनुहार मनमा छन्,
अबिस्मणिय दृष्य र मिठो प्यार मनमा छन्।

अटुट्छ दुश्मनले मिटाउँन सक्दैन हामिलाई,
हामीमा पबित्र एकताको आधार मनमा छन्।

मुम्बै कोही चेन्यै र पंजाब कोही कालकात्ता,
सम्मेलन सफलथ्यो भनेअनुसार मनमा छन्।

राताराता झण्डा अनुसाशित ब्यबहारले गर्दा,
आठौं सम्मेलनमै देखियो निखार मनमा छन्।

उत्तराखण्ड,युपि बिहार,उत्तरांञ्चलकै साथी,
जम्मा हुँदा हावा हुरीभयो वेकार मनमा छन्।

हाम्रो विस्वबिध्यालय यो पबित्र घर भएकोले,
बर्गिय मायाँ त हृदयको आरपार मनमा छन्।

भारत नेपालबाट आएरपनि सफल पार्नुभयो,
सबैछन मित्र धन्यबादको हकदार मनमा छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार