सुरत-सचिनमा आठौं अ.भा. सम्मेलनको सन्देश सभा र महिला दिवश सम्पन्न

सचिन, ८ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति सचिन र सुरत एवं नगर विभागको महिला विभागको संयुक्त आयोजनामा ११२औं अन्तर्राष्ट्रिय महिला दिवस तथा आठौं अखिल भारत नेपाली एकता सम्मेलन संदेश सभा समारोह कार्यक्रम सम्पन्न पारिएको छ ।

शान्ति विकको अध्यक्षता र सबिना कुँवरको सञ्चालनमा सचिन हाउँशिङमा सम्पन्न भएको सो कार्यक्रममा पश्चिम भारत क्षेत्रीय समितिका सचिव एवं केन्द्रीय परिषद सदस्य ध्रुव न्यौंपाने, केन्द्रीय परिषद सदस्य बिन बहादुर रेग्मी, पश्चिम भारत क्षेत्रीय उपसचिव हरि कुमार गिरी, सुरत नगर समितिबाट पूणर् विक, सचिन नगरबाट कृष्ण केसी, सुरत महिला विभागबाट गिता बस्याल, सचिन महिला विभागबाट गिता जैनको आतित्थ्यता रहेको थियो ।

ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि इन्दिरा सोनीले सहभागिहरुलाई शब्दले र सांगितिक केसेलीबाट कलाकारहरुले स्वागत गरेका थिए ।

आठौं अखिल भारत नेपाली एकता सम्मेलनको सन्देश दुई पार्षद बिन बहादुर रेग्मी र धुर्वराज न्यौंपाने प्रस्तुत गर्नुभएको थियो । परिषदका दुबै सदस्यहरुलाई नगर अध्यक्ष सबिना कुँवरले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार