मुलुकको शिक्षा निति कमजोर : मन्त्री गिरी

टेकराज भुसाल (टेकु)

बुटवल । कालिका मानवज्ञान मा.बि. को ५९ औं वार्षिकोत्सब तथा अभिभावक दिवस २०७६ को अवसरमा आयोजित पुरस्कार वितरण एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ५ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रि लिला गिरीले मुलुकको शिक्षा नीति कमजोर भएको बताउँदै बिद्यालय तथा बिश्व बिद्यालयबाट प्राप्त हुने शिक्षाले नै बेरोजगार बढाएको भन्दै देशका सम्पूर्ण बिद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्ने बताउनु भएको छ ।

शिक्षामा निजी क्षेत्रको प्रभूत्व जमाउँदै गएको भन्दै मन्त्री गिरीले सामुदायिक बिद्यालयहरुमा प्राविधिक बिषय अध्यापन गराउनु पर्नेमा जोड दिनु पर्ने बताउँदै सामुदायिक विद्यालयलाई अघि बढाउन सरकारले विशेष खालले जोड दिएको बताउनु भयो । कार्यक्रममा प्रदेश सांसद बोद प्रसाद श्रेष्ठ, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामी, प्राचार्य घनश्याम पाठक बोल्नु भएको थियो ।

कार्यक्रमको अवसरमा भुतपुर्व बिद्यार्थी समाजले रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो भने राष्ट्रिय स्वाधीनतामा युवा बिषयक शेर बहादुर गुरुङ जिल्ला स्तरिय कबिता प्रतियोगिता आयोजना गरिएको थियो । उक्त कबिता प्रतियोगितामा होराइजन गौतम बुद्ध क्याम्पसका प्रवेश आचार्यले प्रथम स्थान हासिल गर्न सफल भएका थिए भने दोस्रो र तेस्रो क्रमश तिलोत्तमाका शैलेस पाण्डे र कालिका मानवज्ञान मा.बि.का बविता भट्टराईले हासिल गरेका थिए, कविता प्रतियोगितामा १४ बिद्यालयको सहभागीता रहेको थियो ।

विभिन्न अक्ष्यकोष दाताले निर्माण गरेको रु ७३ लाख बराबरको अक्ष्यकोषबाट बिद्यालयका १०२ जना बिद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने बिद्यालयका, ८ जना उत्कृष्ट बिद्यार्थी र ८ जना उत्कृष्ट तथा जेष्ठ शिक्षकलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार