
खिमराज चालीसे
भारतको राजस्थान राज्यको बिकानेरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति बिकानेरको आयोजनामा १३७ औ अन्तराष्ट्रीय श्रमिक दिवसको कार्यक्रम ०१ मई २०२६ शुक्रवारको सम्पन्न भएको छ।
अहिलेको अवश्थामा अन्तराष्ट्रीय श्रमिक दिवसको ऐतिहासिक महत्वबारे प्रकाश पार्दै बोल्ने वक्ताहरुमा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय सदस्य एवं महिला क्षेत्रिय सदस्य कमला पान्डे महिला क्षेत्रिय सदस्य सबिता शर्मा खनाल, बल बहादुर राना, उषा जिसी, राम कुमार रसाईली, प्रेम कला बराल, सोरु राना, पारस शर्मा र शान्ति देवी लगाएतले सम्वोधन गर्नु भएको थियो।
कार्यक्रम लोक बहादुर पान्डेको अध्यक्षतामा तथा राजु बिसीको संचालनमा सम्पन्न भएको हो भने राम बहादुर रानाले स्वागत गर्नुभएको थियो ।
















