पार्टीभित्रै उठ्यो ओलीलाई नैतिकताको प्रश्न, अध्यक्षबाट राजिनामा दिन माग

काठमाण्डौं । नैतिकताको आधारमा राजिनामा दिनुपर्ने आवाज उठेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संकटमा परेका छन् । स्थानीय निर्वाचनमा नेतृत्वका कमजोरीका कारण पार्टी सेटब्याक खाएको स्वीकार गर्दै अध्यक्ष पदबाट राजिनामा दिनुपर्ने माग देशभरका कार्यकर्तामाझ गुञ्जिएपछि ओली नैतिक संकटमा परेका छन् ।

उनले अध्यक्ष पदबाट राजिनामा दिएर सम्मानित नेताको रुपमा रहन आफूनिकट सचिवालयका नेतृत्वसमक्ष कुरा चलाएको समेत सचिवालय श्रोतले जनाएको छ ।

स्थानीय निर्वाचनमा आन्तरिक किचलो र अन्तर्घातका कारण आफ्नालाई छाडेर विपक्षिलाई मत हालिएका क्रमत देशभरनै देखिएकाले पार्टीभित्र गम्भिर समिक्षा गर्ने बेला भएको र पार्टीलाई नयाँ ढंगले अघि बढाउन अध्यक्ष पदबाट राजिनामा दिएर समिक्षा गर्न सजिलो हुने भिम रावल लगायतका शिर्ष नेतृत्वहरुको धारणा रहेको बताइएको छ ।

एमालेका एक सचिवालय सदस्यले भने– ‘उहाँले नैतिकताको रुपमा राजिनामा दिन खोज्नुभएको हो, हामीले सचिवालयको बैठक बोलाउन भनेका छौं । राजिनामा दिने नदिने उहाँको कुरा हो ।’ तर गम्भिर समिक्षा गर्ने समय आएको छ ।

ओलीको अहंकार र दम्भका कारण पहिलो स्थानमा रहेको नेकपा एमाले स्थानीय निर्वाचनबाट दोस्रो भएको छ भने संघीय र प्रदेश सरकार पनि यस अघिनै गुमाइसकेको छ । पछिल्लो समय देशभरको मतपरिणामले एमाले कमजोर भएको देखाएपछि पार्टीभित्र र बाहिर विभिन्न टिका टिप्पणी शुरु भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार