काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले चारजन मन्त्री फिर्ता बोलाएको छ।
सो पार्टीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँकी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको हो ।
कानुनमन्त्री रहेका गोविन्द बन्दी र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई लाई भने फिर्ता बोलाएको छैन । खापुङले त्यहीँ मन्त्रीको जिम्मेवारी दिइएको छ भने हीरा केसी स्वास्थ्य राज्यमन्त्री बन्ने पक्का भएको छ।
यी मन्त्री फिर्ता भएसँगै नयाँले अवसर पाएका छन्। समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति तथा पर्यटन मन्त्री, मेटमणि चौधरीलाई शहरी विकास मन्त्री, शेरबहादुर कुँवरलाई श्रम मन्त्री बनाउने भएको छ ।