राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध कार्यक्रम सम्पन्न

पाण्डिचेरी, २७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीको आयोजनामा राष्ट्रघाति नागरिकता विधेयक विरुद्ध कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमूख अथिति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय समिति का सदस्य साथै दक्षिण भारत क्षेत्रिय सचिव जनक राज पौडेल रहनु भएको थियो।

अथिति हरुमा केन्द्रीय सदस्य भगवति कूवँर, प्रतिनिधि चन्द्र कान्त शर्मा, दक्षिण भारत क्षेत्रिय सदस्य साथै पाण्डिचेरी नगर अध्यक्ष डिल्ली प्रसाद शर्मा, सदस्य खगेश्वर विक हुनुहुन्थ्यो । नगर सदस्य खड्क बहादुर कुवँरको अध्यक्षता, सहसचिव विष्णु शर्माको संचालन रहेको कार्यक्रम, शहिदहरुको सम्मानमा एक मिनेट धारण पश्चात उपस्थित जनसमुदाय हरु लाई नगर सदस्य विनोद गायक ले शब्द द्धारा स्वागत गर्नु भएको थियो।

अथिति हरुले देशको भौगोलिक अबस्था जनसंख्या, खुला सिमाना, बारे प्रष्टाउनु भएको थियो र नागरिकता जस्तो संवेदनशिल विषयलाई सरकार ले गैर जिम्मेदारी नीति अपनाई कालन्तरमा नेपाली नागरिक नै अल्पमतमा पर्ने र देश फिजिंकरण हुने सम्भावना रहेको भन्दै राष्टघाती नागरिकता विधेयक खारेज गर्नु पर्नेमा जोड दिदै कडा विरोध गर्नु भएको थियो।

कार्यक्रम सफलताको शुभकामना दिने हरुमा, नगर सदस्य भद्र बहादुर जिसी, गंगाराम आचार्य, राजेन्द्र जिसी,महिला विभाग बाट संझना गायक,मुदलियर पेट एरिया बाट सरस्वति गायक,समता विभाग बाट सुर्य गायक,मध्य दक्षिण टाउन बाट सविता विक, सविना आचार्य, राम कुमार क्षेत्री, महिला विभाग बाट माया गायक रहनु भएको थियो। कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार