#रबि पौडेल, पाण्डेचरी
सातै प्रदेश खारेज गरौ सङ्घीयता चाहिंदैन
सङ्घीयताले देश बर्बाद पार्न पाईदैन ।
सङघीयताले आर्थिक सङ्कट पारिसक्यो देशमा
बिदेशीको ऋणको भारि कति बोक्ने हो ।
आयश्रोत केही छैन देश के ले धान्ने हो
हजारौं प्रतिनिधि के ले पाल्ने हो ।
दलगत स्वार्थमा सङ्घीयता घुसाए
सित्तैमा नेपाली जनता फसाए ।
नेताहरू धनी भए जनतालाई सास्ती भो
सङ्घीयता नेपालमा अभिसाप भो ।
एउटै मात्र पार्टी थियो सङ्घीयता बिरोधी
राष्ट्रिय जनमोर्चा मात्रै संसदमा ।
सङ्घीयता चाहिँदैन भन्ने नारा लगायो
देश टुक्राउन पाईन्न भनि सचेत गरायो ।
दलहरूले नमाने र सङ्घीयता ल्याएको
तिनै दललाई सङ्घीयता घाँडो भएको ।
सङ्घीयता खारेज गरौं भन्ने नारा लगाउ
सात प्रदेशका जनतालाई सचेत बनाउ ।
सङ्घीयताको बिरोध गर्दै बन्द गर्छु कलम
यो गितको अन्त्य भयो लालसलाम ।
मिति : १० अगस्त २०२२