#कमला बगाले “हिसार ”
उठौं दिदी उठौ बैनी कम्मरै कसेर।
महिला मुक्ति हुँदैन रूदै बसेर ।।
महिला पनी समाजमा अब अघी बड्नु छ ।
सामान्तको जालो अब हाम्ले फाल्नु छ ।।
कती बसौ दिदी बैनी रोई रोई कुनामा ।
संगठनका दुई चार कुरा हाम्ले बुझौन ।।
हामी पनी पुरूष सरह संगठनमा लाग्नु छ ।
यो बेबस्था परीबर्तन गरी छाड्नु छ ।।
महिला बिभाग संगठनमा आबद्ध भएर ।
नारीको बेदना पोखौ हामी एकजुट भएर ।।
बिदेशको गल्ली गल्ली रहेका चेलीलाई ।
संगठनको सन्देश हामी दिन्छौ बरीलै ।।
भोकै प्यासै हिड्छौ हामी संगठित भएर ।
एकताको सन्देश दिन्छौ गाउँ गाउँमा गएर ।।
उठौ जुटौ दिदी बैनी एकजुट भएर।
महिला मुक्ति आन्दोलनमा सरीक भएर ।।
गित लेख्ने सिलसिलामा यही रोक्छु कलम ।
यो गितलाई अन्त्य गर्छु लाल सलाम !!!!!!