तिलोत्तमा–३ मा महिला संघको संगठन विस्तार

शंकरप्रसाद पोख्रेल,

बुटवल । अखिल नेपाल महिला संघको तिलोत्तमा नगरपालिकाको–३ मा संगठन विस्तार भएको छ । बुधबार भएको भेलाले महिला संघको वडा समिति गठन गरेको हो ।

समितिको अध्यक्षमा मिनु थापा चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा भक्ता श्रिनेट, सचिव भवि सुनारी, सहसचिव ज्ञानु थापा, कोषाध्यक्ष यामु राना र सहकोषाध्यक्षमा विष्णु कलि हिताङ रहनुभएको छ ।

सदस्यहरुमा तुलसी राना, लक्ष्मी काउचा, मिना छन्त्याल, अम्बु हिताङ, रामकुमारी बस्याल, जमुना काउचा र सीता श्रीस रहनु भएको छ भने वैकल्पिक सदस्यहरुमा गिता पन्थी र भुमा राजकोटी हुनुहुन्छ ।

अखिल नेपाल महिला संघकी तिलोत्तमा नगरपालिकाकी अध्यक्ष इन्द्रिरा ज्ञवालीको विशेष उपस्थितिमा भएको कार्यक्रमको अध्यक्षता मिनु थापाले गर्नु भएको थियो ।

राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार वासुदेव पोख्रेलले प्रशिक्षण दिनुभएको थियो । भेलामा राजमो स्थानीय नेता नगेन्द्रराज श्रीनेट र तुल्सीराम उपाध्ययको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार