भाेट हैन चाेट दिनुपर्छ

#रबि पाैडेल 

बनाउनु पर्छ भस्टचारीहरुको लिस्ट
लैजानु पर्छ सन्ट्रोल कारगार भित्र
पुग्दैन यतिले यातना त मस्तै दिनुपर्छ
छाला काडेर एउटा आँखो निकाल्नुपर्छ ।।

सत्ता कै रसस्वादमा देश खोक्रो बनाए
नेपाल आमाको मुटु छियाछिया बनाए
सौदामा सट्टापट्टा गर्छन कुर्सिको नेताहरू
अब भर पर्नु छैन यस्ता गद्दार नेताहरुको ।।

कुर्सीको नापतौल गर्छन् बिदेशीको ईसारामा
लम्पसार बढि ढोग्छन् उनीहरु कै चरणमा
जनतालाई सास्ती चासो छैन यिनलाई
पटकपटक नुगेर ढोग्छन दक्षिणी मालिकलाई ।।

पैसामा बिक्छन् लाज पचेकाहरु
पैसा बुझेपछि बिर्सन्छन् जनताका समस्याहरु
समस्याहरु चुलिदै गएका छन् दिनदिनै
नेताहरू मात्रै धनी भएका छन् दिनदिनै ।।

हामी जनताको पनि कस्तो बाँनी
राष्ट्रघातिलाई भोट दिने जानिजानि
लिस्टै छ राष्ट्रघातिको अब त चिन्नुपर्छ
यिनलाई भोट हैन अब चोट दिनुपर्छ ।।
मिति : १४ अगस्त २०२२

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार