चेतनाको विगुल फुक्दै गाउँवस्ती धाउनु पर्छ ।
भर्षटचारीहरुलाई अब पाखा लाउनै पर्छ।
जनतामा चेतनाको विकास भएन यदि भनि ।
बन्दैन मेरो कदापि हजार पार्टीको उदय भए पनि ।
जाग उठ युवा वर्ग समानता समाजको विचार बोकी ।
यदि लड्नै परे लड्नु पर्छ देश जोगाउ बन्दुक बोकी ।
समाजवाद यतिकै कहा आउँछ र वलिदान नदिएमा ।
राक्षसि रुपि नेता उदयमान रगतको आहुति नदिएमा ।
कम्युनिस्ट विचार उच्च बिचार समानताको धारणा छ ।
लामो समय छायामा लाग्दैन देश बनाउन धेरै धेरै आधार छ ।
युवा पुस्ता उठ्नै पर्छ एक नीति एक बिचार बोक्नै पर्छ ।
रोक्न नसके पुरानो पुस्ता नवसामन्तलाई देशै जाने डर छ ।
पुँजिवादको खाडल गहिरिदै गयो सर्वहारले पुर्न पर्छ ।
शक्तिशाली छ नवसामन्तावाद युद्ध जस्तै जुध्नु पर्छ ।
के हेरेर वस्छौ ए वुया हो आँट गर देशै भरिबाट उठ ।
तिम्रै वरिपरि आँखाले देख्ने वस्तु हतियार बनाइ जुट ।
उखेलेर फाल जलायर राख पार, समाप्त पारिदेउ ।
भ्रष्ट राजनीति फाल अनि देशै भरि लालझण्डा गाडिदेउ
युद्धको आव्हान गर, समानताको घोषणा गर एक भएर ।
यो पँुजीवादी दलाल संमसदीय व्यवस्था फाल्नु पर्छ जलाएर ।
फाल्नु पर्छ जलायर।
खुमिराम भण्डारी, हाल साउदी अरव