गजल

निजी स्वर्थमा नेता दुष्टको संघार पुग्छ।
देशको सिखरमा जब कुनै गद्धार पुग्छ।

त्यो भन्दा पहिले केही सोंच्नुथ्यो हामी,
आखिर दुष्ट धुरिमाथी के आधार पुग्छ।

हाम्रो आफ्नो कम्जोरी त बनेन लिस्नो,
छानबिन गरौं हाम्रो कुन ब्यबहार पुग्छ।

बनाउन दाश सन्तानको छातीमा चडी,
किनहोला त्यो दुश्मनको औजार पुग्छ।

सदियौं देखुन बन्दुक बोकेर विर गोर्खा,
प्रत्येक लाई जोगाउन जब संसार पुग्छ।

एक पटक सोंचौ मित्र के छ दोश हाम्रो,
किन हाम्रो देश टुक्राउन हथियार पुग्छ।

सुरेशकुमार पान्डे।

१७-०८-२०२२,

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार