मूल प्रवाहका संघमा ४, प्रदेशमा ३ उम्मेदवार

नयाँ दिल्ली । शुरुदेखी नै प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वको माग गर्दै आएको संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता कार्यकर्ताहरुलाई यस पटक पनि राष्ट्रिय जनमोर्चाले प्रतिनिधि एवं प्रदेशसभाको निर्वाचनमा समेटेको छ । आईतबार निर्वाचन आयोगद्धारा जारि राष्ट्रिय जनमोर्चाको समानुपातिक बन्दसुचीमा प्रतिनिधिसभा (सङ्घ) तर्फ ४ र प्रदेशसभातर्फ ३ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता कार्यकर्ताहरु नाम सामेल छ ।

प्रतिनिधि सभामा खसआर्यतर्फ मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष चोपलाल खनाल (कपिल), आदिवासी जनजाति महिलातर्फ केन्द्रीय सदस्य रमकला पुन घर्तिमगर र मध्य दक्षिण क्षेत्रीय महिला विभागकी संयोजक मायाँ थापा र दलिततर्फ चण्डीगढ महिला नगर विभागकी सदस्य मञ्जु सुनार पर्नु भएको छ ।

गण्डकी प्रदेशमा आदिवासी जनजातितर्फ महासचिव कुल बहादुर थापाको नाम समानुपातिकको बन्दसुचीमा उल्लेख छ । त्यस्तै लुम्बिनी प्रदेशमा खसआर्यतर्फ निवर्तमान अध्यक्ष एवं हालका सल्लाहकार दुर्गा बहादुर केसीको नाम समानुपातिकको बन्दसुचीमा उल्लेख छ ।

सुदुर पश्चिम प्रदेशमा खसआर्य महिलातर्फ वापी महिला नगर विभागकी सदस्य तारा चलाउने रावत नाम समानुपातिकको बन्दसुचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार