पक्कै अब संघीयता फाल्नै पर्ने भोट
त्यसो भए हाल्नु होला गिलास मै भोट ।।
प्रयोग भयो देखियो संघीयता देशमा
उल्टै देश घाइते भयो बिदेशीको खेलमा ।।
गिलासमा भोट हालौ संघीयता फाल्न
अब देशले सक्दैन प्रदेश सरकार पाल्न ।
छिराउन संघीयता चोर बाटो नै रोजे
गरिब मुलुक सानो देश टुक्राउन खोजे ।
।
नल्याउ भन्यो संघीयता यसले देसै खान्छ
कालान्तरमा टुक्रा पारी भारतमा जान्छ ।।
कति रहेछ दुरदर्शिता जनमोर्चा र मसाल
संघीयता खारेज गर्न गिलासमा भोट खसाल ।।
मनिराम खनाल, घोराही १७ दाङ ।