चण्डीगढ (भारत) । भारतस्थित नेपालीको अभिभावक सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न सहरमा २०७९ साल देउसीभैलो खेल्ने क्रममा भारतका चण्डीगढ र जालन्धरमा पनि देउसीभैलो खेलेको छ ।
चण्डीगढमा तीनओटा टिम बनाई चार दिनसम्म जनताको घरदैलोमा पुगेर प्रगतिशील देउसीभैलो खेल्ने योजनाका साथ तीनओटै टिमको अलग अलग स्थानबाट अक्टोबर २४, २०२२ सोमबार उद्घाटन गरिएको थियो ।
‘ए’ टिम पञ्चकुलाको उद्घाटन केन्द्रीय सदस्य तिलक पौड्यालले गर्नुभएको थियो । सो कार्यक्रम पुरन थापाको अध्यक्षता, प्रेम आचार्यको सञ्चालन र जमुना खनालको स्वागतका साथ अघि बढेको थियो । महिला नगर संयोजक माया आचार्यले शुभकामना दिनुभएको थियो ।
‘बी’ टिम मोहाली, मध्यसिटी र इन्डस्ट्रियल एरियाको उद्घाटन अर्का केन्द्रीय सदस्य दिनेश खड्काले गर्नुभएको थियो । सो अवसरमा केन्द्रीय सदस्य तथा नेपाली समाचार संयोजक खिमराज चालिसेले रुट तथा अनुशासनबारे जानकारी तथा महिला नेतृ जुना चालिसे र रक्तिम विभागकी सरस्वता भुसालले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा थानेश्वर पान्डेको अध्यक्षता, तेजबहादुर रोकाको सञ्चालनमा र बलुराम बन्जाडेको स्वागत रहेको थियो ।
‘सी’टिम सिटी एरियाको उद्घाटन वरिष्ठ सदस्य थमन थापाले गर्नुभएको थियो । विद्यार्थी सङ्घका क्षेत्रीय अध्यक्ष तथा अधिवक्ता माधव पोख्रेल, नगर सदस्य प्रितम खड्का, महिला विभागकी मधु सुवेदी र माया नेपाली, समताबाट दिनेश विक, जनजातिबाट हेमबहादुर कनौजिया, रक्तिमबाट सम्झना विक, बालविभागका सन्दीप विकले शुभकामना दिनुभएको थियो। कार्यक्रममा दुर्गा विकले अध्यक्षता, अर्जुन विकले सञ्चालन र दानबहादुर जिसीले स्वागत गर्नुभएको थियो ।
यता, जालन्धरमा भैलोको उद्घाटन केन्द्रीय सदस्य कुलबहादुर बगालेले करतल ध्वनिमाझ रिबन काटेर गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय परिषद् सदस्य शुष्मा खडका र चेतमान भण्डारीको पनि आतिथ्य रहेको थियो । लक्ष्मण खड्काको सञ्चालन तथा जितमान थापाको अध्यक्षता रहेको उक्त कार्यक्रममा स्वागत धनबहादुर गोर्खालीले गर्नुभएको थियो ।