हे देशका युवा हो 

#बालाराम तिमिल्सीना
हे देशका युवा हो आँधी बनेर आऊ !
पुग्ने समाजवादमा बाटो खनेर आऊ !
ढालेर कालरात्री रक्तिम‌ प्रभात ल्याउन !
एउटा नवीन सूर्य साथमा लिएर आऊ !
हे देशका युवा हो……!
फर्की चिहानबाट आइरहेछ लास
त्यो लासबाट केही राख्नु हुदैन आश
बस्नु हुदैन हामी शासन खपेर लासको
खप्छौं‌ भने रहेन क्यै अर्थ फेर्ने सासको ।
हे देशका युवा हो…..!
अग्लिरहेछ झन् दु:खको अनन्त चाङ्ग
देशको ब्यबस्थामा‌ हेर परेको भ्वाङ्ग
गद्दार गरिरहेछ सेवक बनेको स्वाङ्ग
हेर्छौ कति युवा हो मतपेटिका या ढ्वाङ्ग?
हे देशका युवा हो …..
सोध्छौ भने मसँग ‘केबाट सिक्नु पर्छ ?’
लौ सुन हे युवा हो- चेबाट सिक्नु पर्छ !
गड्गडाउने बाढी ,हन्हुनाउने आँधी
भर्भराउँने आगो यीबाट सिक्नु पर्छ ।
हे देशका युवा हो …….
नव सिर्जनाको पसिना पोख्ने अब स्वदेशमा
नव गर्जनाको बन्दूक बोक्ने अब स्वदेशमा
अश्लिल नाच नाङ्गो रोक्ने अब स्वदेशमा
जनताका बैरी छानी ठोक्ने अब स्वदेशमा ।
हे देशका युवा हो !
२०७९ पुस १३
माइतीघर ,काठमाण्डौ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार