जुना चालिसे – चंडिगढ
आतुर हुन्छ समाज पेटमै छोरा-छोरी चिन्न ।
पुरुष प्रधान समाज यो सारै गाह्रो छ भिड्न।।
हजार सवाल उठाएर बाच्न बाध्य छ नारी ।
क्रान्ती ज्वाला दन्काउ अब नपरौं पछाडि नारी।।
हजारौं गल्ती गर्ने पुरुष हिडने ढुक्क बनि।
यो समाज परिवर्तन गर्न सक्छौ हामी पनि।।
चुलोचौको गर्ने हातहरूले कापी कलम छोपौं।
यो समाज बदल्ने बिउ हामी नारीले नै रोपौं ।
डरत्रास धम्कीमा नै बल्झेको नारीको जीवन।
स्वतन्त्र खुल्ला आकाशमा सिकौं बाच्न जीवन।।
नारी पुरुष बराबर भन्दै गर्ने त्यी भाषण।
नारीप्रति दमनको भईरहेको छ आभाष।।
परिवर्तनको आधि बेहोरीमा मिल्काउनु छ ।
नयाँ संसार नयाँ व्यवस्था धर्तीमा जन्माउनु छ ।।
सास फेर्ने लास होइन सुन्दर संसार बन्दै ।
परिवर्तनका आँकुरा यहीबाट रोपौं भन्दै।।
भ्यागुतलाई झै मिल्काउने समाजलाई फेरौं।
स्वतन्त्र आकाशको पंक्षी सरी यो संसार हेरौं।।
छोरी भनि नाकै चिम्राउनेको मुखै बन्द गर्नुछ ।
पिछडिएका महिलाहरुको लागि हामी लडनुछ।।
क्लाराजेटकिनको पथमा हामी सधै हिडनु छ ।
रोजालक्ष्मवर्गको जस्तै साहास देखाउनुछ।रु।
पोथी बास्यो भन्ने यो संरचना नै ध्वस्त पार्नुछ।
नारी अधिकारका स्तम्भहरु सुदृढ पार्नुछ।।
सम्पतीमा हक र समान अधिकार चाहिन्छ।
पुरुष बराबर समाजमा सम्मान चाहिन्छ।।
यो समाज परिवर्तनको ज्वाला बनाउनु छ।
सबै लुकेका आवाज जुर्मुराइ उठाउनु छ ।।
हेपिएका बस्ती जगाउँदै अगाडि बढाउछौं।
हुंकार भर नारी समाजमा अगी बढाउछौं।।
नारीकै आवाज संखनाद गर्दै समाज फेर्नेछौं।
क्रान्तिज्वालामा नारी बिभेद सबै ध्वस्त पार्ने छौं।