आत्मदाह

#विष्णु शर्मा (पाण्डेचरी)

जनताले केन्द्र देखि स्थानिय तहसम्म
सरकारलाई पाल्नुपर्छ।
उनलाई दुख पर्दा सरकार रमिते बन्छ
उनीहरुले नै अकालमा ज्यान फाल्नुपर्छ।।

प्रेम प्रसाद आचार्य नामक नागरिकले
सरकारी अफिस अगाडि आत्मदाह गरे।
उपचारको क्रममा उहीँ दिन कठै
अस्पतालमा तड्पी तड्पी मरे।।

सरकार भनेको यस्तो छ
देख्दैन आँखा सुन्दैन कानपनि।
सोध्दैन नागरिकलाई दुख कष्ट
अफ्ट्यारोमा त छैनौ भनी?

कति रहिछन् मनमा पीडा
पढ्नै सकिएन।
यत्ति बुझियो ती नागरिकलाई
राज्य प्रती बिस्वास थिएन।।

राज्य आफ्ना नागरिक प्रती
बफादार हुनुपर्छ।
जनता अफ्ट्यारोमा पर्दा
जनप्रतिनिधि त्यहा पुग्नुपर्छ ।।

स्थलगत रिपोर्ट बुझी
बास्तबिकता पत्ता लगाउनुपर्छ ।
जनलाइ समस्या छ भने
त्यसबाट उसलाई बचाउनुपर्छ।।

हो आत्म दाह गर्नु कदापि
समस्याको समाधान पक्कै होइन।
के गर्नु जताततै ढोका बन्द भएपछि
मानिसले अर्को उपाय देख्दैन।।

त्यसैले अर्को आत्मदाहको
समयमै रोकथाम गर्नुपर्छ।
जसको निम्ति सरकार समाज
आजैदेखि लागि पर्नुपर्छ।।

अबत आँखा खोल सरकार
कानले पनि सुन।
ढिलै भएनी जनताको जीबनमा
लगाइदेउ उज्यालो जुन।।
।समाप्त ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार