दिल्लीमा एक नेपाली युवकको रहस्यमयी मृत्यु

नयाँ दिल्ली। पश्चिम दिल्लीको तिलक नगर क्षेत्रमा शनिबार एक ४३ वर्षीय नेपाली नागरिकको हत्या भएको स्थानीय प्रशासनले बताएको छ । मृतक जनवरी २४ तारिक जागिरको खोजीमा दिल्ली शहर पुगेको प्रहरीले जनाएको छ। पुलिसका अनुसार अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।

मृतक पश्चिम दिल्लीमा आफ्नो साथीको घरमा बस्दै आएका थिए । तिलक विहारको दुईतले भवन नजिकैको डम्पिङ ग्राउन्डमा उनको शव फेला परेको थियो । घटनास्थल नजिकै सीआरपीएफ क्याम्प छ ।

प्रहरी नायव उपायुक्त (पश्चिम) घनश्याम बन्सलले पीडितको घाँटीमा गहिरो चोटको दाग रहेको बताए । “एक मोबाइल अपराध टोली र फोरेन्सिक विज्ञान प्रयोगशालाको टोलीलाई घटनास्थलको निरीक्षणको लागि बोलाइएको थियो र आईपीसीको धारा ३०२ (हत्या) अन्तर्गत मुद्दा दर्ता गरिएको थियो” डीसीपीले थपे।

“हत्यारालाई पक्रन धेरै टोलीहरू गठन गरिएको छ र हामी छेउछाउका सीसीटीभी फुटेजहरू जाँच गर्दैछौं” उनले भने । मृतक मकवानपुर जिल्ला कालिकाटर गाउँपालिका निवासी राजकुमार गालानको रुपमा पहिचान खुलेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार