भनौं गल्ती कसको

ठाकुर प्रसाद पोखरेल

अर्थहरू नबुझ्ने अर्थहीनहरूले
तर खान पल्केका बिरालाहरूले
भगत बन्ने फेरि खसम खाए
बाख्रा खान पल्केका बाघले
घाँस खाने प्रतिबद्धता जनाए

साधु अपराधी ठहरिएर जेल गए
अपराधीहरू न्यायाधीश भए
नदी बेच्ने, वन खाने अघि बढायौं
पाए देश लुट्ने माथि पठायौं
वार्ड थमायौं ,पालिका थमायौं
प्रदेश थमायौं, सिंहदरबार छिरायौं

जयजयकार भन्दै माला पहिरायौं
एक प्लेट मासु र एक पेकमा रमायौं
यसैलाई आफ्नो अहो भाग्य ठहरायौं
सोंच्ने बेलामा हामी लरखरायौं
दुष्ट ब्वाँसालाई भगवान बनायौं
यो भएन त्यो भएन भन्दै कराउने

पहिले हिड्ने बाटो बिराउने
अहिले किन पुर्पुरो समाउने
गल्ती भनौं कसको कसको ?
हामी आफैको कि उनीहरूको ?

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार