मेराे देश

रबि पौडेल, पाण्डेचरी
मेरो देश झुक्दै नझुकेको देश
स्वाभिमानी आस्था र विश्वासमा
अडेको देश
कहिले कसैसँग
शिर नझुकाएको देश
बुद्ध र सिताको
हिमाल-पहाड-तराईले
अखण्ड देश
हिमाल झरना र
खोलानाला
अनि हरियाली बनजंगलले
सजिएको देश
लालि गुरासले रक्तरन्जि सजिएको
डाफे मुनाल रमाउँदै नाचेको
कोइलि चरिको सुमधुर स्वर
आज,
बिकासको नाममा बिकराल हुँदैछ
कोहि पात्र आयो र गयो आा मर्यो
यसले गर्ला कि
उसले गर्ला ?
भन्दाभन्दै जीवन बित्यो
त्यो पात्र सहि थिएन
सत्ता स्वार्थ
र आफ्नो
परिवारको पुर्तिका लागि
लेण्डुप बनेर आयो
नयाँ लेण्डुप !
बिदेशीको आज्ञा मान्नु
भरपर्दो लाचार पात्र बन्नु

देशका सबै सम्पदा र
नागरिकता समेत
बिदेशीलाई बुझाउनु
र अन्त्यमा
देश नै राजिनामा गरिदिनु
नयाँ लेण्डुपेहरुको बिषेशता हो ।
उ लेण्डुप बन्छ भन्ने लागेको थिएन
तर
आज ऊ
लेण्डुपे बन्दै छ ।
आशा र भरोशा टुटाएको छ
नयाँ लेण्डुपबाट
देश जोगाउँ ।
मिति : ०१/०६/२०२३

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार