दुर्गानाथ खरेल ##
तिस हजार वर्षपहिलेको मानव समाजमा गोत्र समुदायको उदय भएको थियो । तिनीहरू एउटै गोत्र वा नजिक नजिक झुपडी बनाएर बस्न थाले । पुरुषहरू माछा मार्ने र सिकार खेल्ने तथा महिलाहरूले फलफूल र कन्दमूल जम्मा गर्ने गर्दथे (केशवलाल श्रेष्ठको सामाजिक क्रान्तिमा वर्गसङ्घर्ष, पृ. ७) । त्यतिखेर मातृसत्तात्मक समाज थियो ।
मानव समाजमा पहिलो श्रम विभाजन लिङ्गको आधारमा भएको थियो । पुरुष र महिलाबिच श्रमविभाजन भई पुरुषहरू टाढा टाढासम्म सिकार खेल्न जाने र महिलाहरू बासस्थान वरिपरि फलफूल र कन्दमूललाई जुटाएर खान हुने र खान नहुने छुट्याउँदै खान हुनेलाई खेती गर्ने र जम्मा गरेर खाने दुवै काम गर्दथे । त्यसपछि उमेरको आधारमा फरक पुस्ता र विभिन्न उमेरका मान्छेबिच श्रमविभाजन पनि भएको थियो ।
सामाजिक वर्गका निश्चित लक्ष्यण हुन्छन् । ती लक्षणका बारेमा जानकारी लिन सकिन्छ र लिनुपर्छ पनि । सामाजिक उत्पादनको पनि आफ्नो निश्चित इतिहास हुन्छ । त्यही इतिहासद्वारा उत्पादनको पद्धति निर्धारण हुन्छ ।
समाज वर्गविहीन अवस्थाबाट श्रमको बढी आवश्यकता भएकाले लडाइँमा हार्नेहरूलाई मार्नुको सट्टा दास बनाएर बढी काम गराउने चलन सुरु भएको थियो । त्यसरी काम गराउँदा उत्पादन बढी भई सबैका आवश्यकता पूरा गर्न सजिलो महसुस गरेपछि दासको सङ्ख्या बढाउँदै जाने काम भयो । दास र दासमालिकको वर्ग फरक फरक हुँदै जाँदा मालिकको स्वार्थ रक्षा गर्न राज्यसत्ताको प्रारम्भिक रूप पनि विकास भएको थियो । व्यक्तिगत हैसियतबाट र राज्यको प्रतिनिधिको हैसियतबाट दास मालिकहरू नै उत्पादन कार्यका सङ्गठनकर्ता थिए । आदिम साम्यवाद भन्दा दास व्यवस्था यसकारणले प्रगतिशील व्यवस्था थियो । उत्पादन बढेर समाजका सबैको निम्नतम आवश्यकता पुरा हुने अवस्था आएको थियो ।
समाजमा परिवर्तत र विकास निरन्तर भइरह्यो । त्यसका साथसाथै वर्गविभाजन पनि बढ्दै गयो । बौद्धिक काम सबै मालिकको हैसियतले गर्ने र तोकेअह्राएको काम दासले गर्ने गरी वर्गविकास भयो । व्यक्तिगत सम्पत्तिको प्रथा विकास र विस्तारले समाजमा श्रम विभाजन र सामाजिक वर्गको पनि अस्तित्व देखा पर्दै गयो । विरोधी वर्गको अस्तित्व स्पष्ट हुँदै जाँदा वर्गीय स्वार्थ र वर्गसङ्घर्ष पनि विकास हुँदै गयो । सम्पन्न वर्गको स्वार्थरक्षा गर्नकै लागि राज्यसत्ताको गठन र व्यवस्थित शोषण पनि विकास हुँदै गयो ।
सामाजिक वर्गका निश्चित लक्ष्यण हुन्छन् । ती लक्षणका बारेमा जानकारी लिन सकिन्छ र लिनुपर्छ पनि । सामाजिक उत्पादनको पनि आफ्नो निश्चित इतिहास हुन्छ । त्यही इतिहासद्वारा उत्पादनको पद्धति निर्धारण हुन्छ । त्यसकारण पहिलो लक्षण सामाजिक उत्पादनमा इतिहासद्वारा निर्धारित पद्धतिमा व्यक्तिको स्थान हो । उत्पादक शक्ति, जो उत्पादन कार्यमा लागेको हुन्छ, समाजको आधार उही हो । उत्पादन प्रणालीको आधारमा अरू राजनीति, कानुन, संस्कृति जस्ता उपरी संरचना अडेका हुन्छन् ।
दासव्यवस्थामा दासपद्धति कायम हुन्छ, जहाँ दासहरू मुख्य उत्पादक शक्ति हुन्छन् । सामन्ती व्यवस्थामा सामन्ती उत्पादन पद्धति कायम हुन्छ, जहाँ किसानहरू मुख्य उत्पादक शक्ति हुन्छन् । पुँजीवादी व्यवस्थामा पुँजीवादी उत्पादन पद्धति हुन्छ, जहाँ मजदुर मुख्य उत्पादक शक्ति हुन्छन् । त्यसकारण निश्चित उत्पादन पद्धतिमा उसको स्थान निश्चित भएपछि त्यो वर्गका लक्षण त्यसैअनुसार जानकारी लिन सकिन्छ ।
समाजमा परस्पर विरोधी शोषक र शोषित वर्ग छन् । विरोधीहरूका वर्गस्वार्थ नै परस्पर विरोधी हुन्छन् तर सामाजिक सम्पदामध्ये राज्यसत्ताको वर्गचरित्रका कारणले असमान वितरण भएको हुन्छ ।
दोस्रो लक्षण उत्पादनका साधनसँग उसको सम्बन्धको आधारमा निश्चित हुन्छ । उत्पादनका तत्कालीन अवस्थाका साधनसँग उसको सम्बन्धको जानकारीले उसको सामाजिक उत्पादनमा उसको वर्गीय हैसियत निश्चित हुन्छ । त्यसैअनुसार नै उसको वर्गचरित्र निश्चित भएको हुन्छ ।
तेस्रो लक्षण श्रमको सामाजिक सङ्गठनमा उसको भूमिकाले पनि त्यो वर्गको लक्षण निर्माण भएको हुन्छ । उत्पादन प्रणालीमा उत्पादक शक्तिको मुख्य भूमिका हुन्छ । उत्पादनका साधन, श्रमशक्ति र उत्पादनको वस्तु तीनओटैले संयुक्त रूपमा उत्पादनको काम सम्पन्न गर्दछन् । उत्पादनको साधनमा औजार उत्पादनको वस्तुभित्र पर्दछ, जसमा मजदुरले आफ्नो श्रमशक्ति खर्च गर्दछन् । एक्लैको प्रयत्नबाट उत्पादन कार्य सम्पन्न हुन सक्दैन । त्यसकारण श्रमको सामाजिक सङ्गठनमा उसको भूमिकाको पहिचान र निश्चित गरेपछि उसलाई वर्गमा र वर्गचरित्रमा जानकारी लिन सकिन्छ ।
सामाजिक वर्गको चौथो लक्षण सामाजिक सम्पदा प्राप्त गर्ने तौरतरिका र त्यसको परिणामबाट पनि वर्ग र वर्गचरित्रको जानकारी लिन सकिन्छ । एउटै किसिमले श्रम खर्च गरे पनि वर्तमान समाजमा कसैले बढी पुँजी आर्जन गर्न सक्छन् भने कोहीले थोरै पुँजी आर्जन गर्दछन् । प्राप्त हुने रकमको आधारमा उसका आवश्यकता परिपूर्ति गर्ने र वर्गीय हैसियत कायम राख्नेका आधारमा वर्ग र वर्गसङ्घर्षको स्थिति मूल्याङ्कन हुन्छ ।
समाजमा परस्पर विरोधी शोषक र शोषित वर्ग छन् । विरोधीहरूका वर्गस्वार्थ नै परस्पर विरोधी हुन्छन् तर सामाजिक सम्पदामध्ये राज्यसत्ताको वर्गचरित्रका कारणले असमान वितरण भएको हुन्छ । दुई विपरीत स्वार्थ भएका सामाजिक वर्गबिचको आपसी हितको टक्कर नै वर्गसङ्घर्ष हो । वर्गसङ्घर्ष वर्गदृष्टिकोणबाट सुरु भएर शोषणको मात्रा बढ्ने बढाउने गर्दै अगाडि बढ्छ । शोषित वर्गको विश्वदृष्टिकोण शोषण बढाएर मुक्त हुने हुँदा शोषणयुक्त व्यवस्थाको आयु लामो हुन्छ । वर्गले आफ्नो वर्गीय हैसियतअनुसारको शोषण र अन्यायको जस्ताको त्यस्तै वास्तविकता महसुस गर्न सक्ने हुँदासाथ पुँजीवादी व्यवस्था रहन सक्ने थिएन ।
आर्थिक सङ्घर्षले सर्वहारा वर्गलाई अरू बढी कार्यभार समाधान गर्न प्रेरित गर्छ । सङ्गठनको महत्त्व बुझाउँछ । सङ्गठित हुन तथा सङ्गठन गर्न मदत पुर्याएको हुन्छ ।
सर्वहारा वर्ग पुँजीवादी व्यवस्थाको उत्पादन हो । नाफा कमाउने उद्देश्यअनुसार काम गर्दै जाँदा एकातिर, पुँजीपति वर्ग उत्पादन हुँदै जान्छ, जसको सङ्ख्या घट्दै जान्छ र आर्जन गरेको पुँजीको मात्रा बढ्दै जान्छ भने अर्कोतिर, सम्पत्तिविहीनको सङ्ख्या बढ्दै जाने र थोरै सम्पत्ति हुने र सम्पत्ति हुँदैनहुनेको सङ्ख्या बढ्दै जाने हुन्छ । सम्पत्ति थोरै हुनेहरूको साथ र सहयोगसहित सम्पत्ति नहुनेहरू सचेत र सङ्गठित भई आन्दोलन उठाएर राज्यसत्ता कब्जा गरेपछि नयाँ युग सुरुवात हुन्छ ।
सर्वहारा वर्गको सङ्घर्षका मुख्य रूपहरूमध्ये पनि राजनैतिक सङ्घर्ष सबैभन्दा उत्तम र महत्त्वपूर्ण रूप हो । शोषणबाट मुक्ति पाउने निर्णायक शर्त पनि राजनैतिक सङ्घर्ष नै हो । वर्गसङ्घर्ष आर्थिक सङ्घर्षबाट सुरु भएर राजनैतिक सङ्घर्षमा सङ्क्रमण गर्दछ र गर्नैपर्छ । विचारधारात्मक सङ्घर्षले राजनैतिक सङ्घर्षलाई व्यवस्थित बनाउन मदत पुर्याउने मात्र होइन, वैचारिक सङ्घर्ष सही र उच्चस्तरको नभएसम्म राजनैतिक सङ्घर्ष व्यवस्थित हुन सक्दैन । आफै अव्यवस्थित सङ्घर्षबिन न वर्गीय सत्ता खोस्न सकिन्छ, न वर्गविहीन वा शोषणविहीन समाज नै निर्माण गर्न सकिछ । वर्गविहीन शोषणविहीन समाज निर्माण गर्न सक्छ । वर्गीय चेतनाले लेस नभएका गैरवर्गीय राजनैतिक पार्टीले गर्न सक्ने काम पार्टीको अधिनायकत्व प्रयोग गरेर जनताको पिछडिएको राजनीतिक चेतनास्तरबाट फाइदा उठाउँदै अवसरवादी पार्टीको शोषण बढाउने उद्देश्य पूरा गर्न सक्दछ । त्यो अवस्था जनता आफैले राजनीतिक पार्टीको अवसरवादी चरित्र थाहा पाउन नसक्दासम्म मात्र कायम रहन सक्दछ । जनता जब राजनैतिक रूपले सचेत हुँदै सही राजनैतिक पार्टीलाई आफ्नो साथमा राख्न सक्ने र सहयोग गर्न सक्ने अवस्थामा गए भने मात्र पर्दा उघारिन्छ ।
आर्थिक सङ्घर्षले सर्वहारा वर्गलाई अरू बढी कार्यभार समाधान गर्न प्रेरित गर्छ । सङ्गठनको महत्त्व बुझाउँछ । सङ्गठित हुन तथा सङ्गठन गर्न मदत पुर्याएको हुन्छ । आपसी एकताले आन्दोलन उठाउन आन्दोलनको उद्देश्यअनुसार अघि बढ्न, भावी आन्दोलनको नेतृत्व गर्न र शोषित–उत्पीडित जनताको साथ र सहयोगसहित अघि बढ्ने प्रेरणासमेत दिएको हुन्छ । राजनीतिक सङ्घर्षमा सबैभन्दा बढि महत्त्व सिद्धान्तको हुन्छ, त्यसपछिको महत्त्व राजनीतिक लाइनको हुन्छ । राजनीतिक लाइनमा रणनीति र कार्यनीतिको ख्याल राखेर लाइन निश्चित गर्न सक्नुपर्छ ।
तेस्रो महत्त्व सङ्गठनको हुन्छ । सङ्गठन जनवादी केन्द्रीयताको आधारमा सञ्चालन गर्दा छलफलमा स्वतन्त्रता र काममा एकता लागु गर्नैपर्छ । सङ्गठन व्यवस्थित हुन नसक्ने हो भने त्योभन्दा बढी महत्त्वको दुवै पक्ष उपयोगविहीन हुन्छन् । सिद्धान्त र राजनीतिको मातहत नभइकन बनाइएको सङ्गठनले गर्ने उच्चतम काम अवसरवादी राजनीतिलाई पक्डेर जनताको पिछडिएको राजनीतिक चेतनाबाट फाइदा उठाउनेभन्दा बढी केही पनि गर्न सक्दैन ।
राजनीतिक सङ्घर्ष सम्पूर्ण सर्वहारा श्रमजीवी वर्गको हितको रक्षाका लागि गरिएको हुन्छ तर यो राज्यसत्ताले राजनीतिक व्यक्ति बन्न प्रोत्साहन गर्दैन बरु लम्पट सर्वहारा बनाएर राजनीतिक शक्तिमाथि प्रहार गर्ने/गराउने प्रयत्न गर्दछ ।
राज्यसत्ता जस्तो ठुलो सङ्गठित शक्तिमा आमूल परिवर्तन गरेर शोषित–उत्पीडित जनताको पहुँच पुग्ने बनाउन बढीभन्दा बढी जनताको साथ र सहयोग आवश्यक पर्छ । अवसरवादी राजनीतिक पार्टीहरू जनताको अघि लागे जस्तो देखिए पनि वास्तवमा जनताको पछि लागेर उनीहरूलाई (जनतालाई) उपयोग गरिरहेका हुन्छन् । यो अवसरवादी चलाखी जनताले बुझ्दै गएका हुन्छन् । जनताले बुझ्दै गर्दा उनीहरू नाङ्गिँदै पनि गइरहेका हुन्छन् । राजनीतिक सङ्घर्ष वर्गसङ्घर्षको सबैभन्दा उपल्लो वा माथिल्लो रूप हो । यो सत्ताप्राप्ति तथा वर्गविहीन र शोषणविहीन समाजको निर्माण गर्ने दिशातिर अघि बढेको हुन्छ ।
राजनीतिक सङ्घर्षको मुख्य कार्यभार प्रतिक्रियावादी सत्ता पल्टाएर आफ्नो वर्गीय सत्ता स्थापना गर्नु हो । यो सङ्घर्ष शोषित वर्ग र शोषक वर्गको बिचमा वर्ग सङ्घर्षको रूपमा सञ्चालित हुन्छ । शोषकले आफ्नो हैसियत महसुस नगरेर नै शोषण बढाइरहेको हुन्छ । शोषितले आफ्नो हैसियतको मूल्याङ्कन गर्ने र समाधान गर्न सङ्घर्षको बाटो पक्रनको सट्टा आफूलाई शोषककै हैसियतमा विकास गरेर शासक बन्ने विचारले आफ्ना क्रियाकलाप अगाडि बढाउँदै त्यो तरिकाले न ऊ शासक बन्न सक्छ, न राज्यसत्ताको शोषणयुक्त नीति बदलिन्छ, न जनताको राज्यसत्ता स्थापना गर्नमा उसको योगदान बढेको नै हुन्छ ।
राजनीतिक सङ्घर्ष सम्पूर्ण सर्वहारा श्रमजीवी वर्गको हितको रक्षाका लागि गरिएको हुन्छ तर यो राज्यसत्ताले राजनीतिक व्यक्ति बन्न प्रोत्साहन गर्दैन बरु लम्पट सर्वहारा बनाएर राजनीतिक शक्तिमाथि प्रहार गर्ने/गराउने प्रयत्न गर्दछ । सर्वहारा वर्गीय समाजवादी चेतनाले सुसज्जित भएर आफ्नो ऐतिहासिक अभिभारा र क्रान्तिकारी कार्यभार पूरा गरेको हुन्छ ।
राजनीतिक सङ्घर्ष आफ्नो कम्युनिस्ट पार्टी, जुन सर्वहारा वर्गको सङ्गठनको उच्च रूप हो, त्यसैको निर्देशनमा गर्ने सङ्घर्ष हो । कम्युनिस्ट पार्टीमा सबै सर्वहारा वर्गका व्यक्ति मात्र भएर बनाएको पनि हुँदैन र त्यस्तो पार्टी बनाउन सम्भव पनि हुन्न । बढीभन्दा बढी श्रमजीवीलाई समेट्न वा सङ्गठित गर्न सके उत्तम हुन सक्छ तर पनि कम्युनिस्ट पार्टीभित्रका सर्वहारा वर्ग र कम्युनिस्ट पार्टीभन्दा बाहिरको समाजमा भएका सर्वहारा वर्गबिच सुमधुर सम्बन्ध स्थापनाको बाटोमा पुग्न सकियो भने पनि ठुलै काम गरिएको हुन्छ । त्यस्तो सङ्गठनको अवस्था हुन सकेन भने वा बनाउने प्रयत्न भएन भने सत्ता कब्जा भए पनि छिटै प्रतिक्रान्ति भई झन् चर्को शोषणमा पर्ने सम्भावना हुन्छ ।
मजदुर किसान वर्गलाई आर्थिक सङ्घर्ष र राजनीतिक सङ्घर्षमा उतार्न, आफ्ना आधारभूत वर्गीयहित बुझाउन वैचारिक सङ्घर्ष गर्नुपर्छ । माक्र्सवाद–लेनिनवाद र वैज्ञानिक समाजवादको अध्ययन त्यसैका लागि चाहिन्छ । मजदुर किसान वर्गलाई सामन्ती तथा पुँजीवादी विचार र पूर्वाग्रहबाट मुक्त गराउनु हो । अरू रूपजत्तिकै वर्गसङ्घर्षको वैचारिक सङ्घर्ष पनि आवश्यक छ । वैचारिक सङ्घर्षका रूपमध्ये पहिलोले भन्छ : सामाजिक विकासको बारेमा वैज्ञानिक ज्ञान प्रचार गर्नुपर्छ ।
पुरानो खराब पक्षको विस्थापन नगरेसम्म नयाँ असल पक्षको स्थापना गर्न/गराउन सकिन्न । त्यसैले भण्डाफोरको पनि महत्त्व छ । तेस्रो शत्रुतापूर्ण वर्गीय संरचनाको ऐतिहासिक रूपमा अवश्यम्भावी विस्थापन हुन्छ र नयाँ दीर्घजीवी व्यवस्था स्थापित गर्नुपर्ने काम अवश्यम्भावी भएकाले हामी आफैले त्यसको लागि मिहिनेत गर्नुपर्ने पनि हुन्छ ।
समाजमा परिवर्तन र विकास भइरहेको हुन्छ । थाहा पाएर वा नपाएर भए पनि समाजमा वैज्ञानिक ज्ञानका विषय उत्पादन र प्रचार भइरहेका हुन्छन् । हाम्रो जीवनको सीमित समयमा आफ्नो जीवनलाई उपलब्धिमूलक बनाउन पनि समाजको चेतना उच्च बनाउन आफ्नो योगदान थप्नैपर्छ । दोस्रोमा सामन्ती पुँजीवादी र साम्राज्यवादी शोषणका विभिन्न रूपको भण्डाफोर गर्नुपर्छ । समाजमा अहिलेसम्म चलिरहेका र बितेका व्यवस्थाको भण्डाफोर गरेर विकल्प आफैले खोज्ने र अरूलाई पनि विकल्प खोज्न प्रेरित गराउने मात्र होइन, आफूले गरेको प्रयत्नको पनि स्मरण गराउन सक्नुपर्छ ।
पुरानो खराब पक्षको विस्थापन नगरेसम्म नयाँ असल पक्षको स्थापना गर्न/गराउन सकिन्न । त्यसैले भण्डाफोरको पनि महत्त्व छ । तेस्रो शत्रुतापूर्ण वर्गीय संरचनाको ऐतिहासिक रूपमा अवश्यम्भावी विस्थापन हुन्छ र नयाँ दीर्घजीवी व्यवस्था स्थापित गर्नुपर्ने काम अवश्यम्भावी भएकाले हामी आफैले त्यसको लागि मिहिनेत गर्नुपर्ने पनि हुन्छ । हाम्रो जीवनको पनि मूल्य र महत्त्व भएको प्रमाणित गर्न सम्पूर्ण श्रमजीवी जनताको क्रान्तिकारी सङ्घर्षको अगुवा भई ऐतिहासिक भूमिका पूरा गर्नुपर्छ । त्यतिले मात्र पुग्दैन, माक्र्सवाद–लेनिनवाद र माओत्सेतुङ विचारधारालाई पुष्टि गर्नुपर्छ । विचारधारात्मक सङ्घर्ष वर्गसङ्घर्षको सारवस्तु भएकाले पनि बढी महत्त्व छ ।