कुमारी थापा (कोट्टयाम केरला)
सुन्नुहोला दिदी बैनि सुन्नुहोला दाजु भाइ।
नयाँ बर्ष तिजको स्वागत सबैलाई ।।
मिलिजुलि गितगाउने यसपालिको तिजमा।
दु:ख सुख सबै मिलि एकै ठाउमा।।
माईतजान पाएनौ साथि बर्षदिनको तिजमा।
आपसमा बाडौ साथी दुख पिर बेदना ।।
यो तिजमा माईतको आगन टेक्न पनि आएनौ ।
तिजमा बन्ने मिठोचोखो चाख्न पाएनौं ।।
आमा बुबा रुँदै होलान हाम्रै बाटो हेरेर।
छोरी कैले आउछिन भन्दै औला गनेर।।
यो तिजमा बाबू आमा, भेट्न पनि गएन ।
बिमार पर्दा पानी दिने कोहि भएन ।।
दिदी बैनि भएन आमा चाडपर्ब शोकभो।
बोलाउदानि आउन पाएनौ रोएरै जानिभो।।
छोरी सबै हुर्काईबढाई दियौ आमा पराईलाई।
छोरा सबै पि आर लिई भए बिदेशलाई।।
छोरीकोनि कर्मयस्तै पराईघरको सिर्जना ।
बाउ आमालाई साथ दिने कोईनि भएन ।।
आधापेट खाएर आमा धरो मैले कस्दैछु।
बर्षदिनको तिज आयो आमा रुदैबसेछु।।
प्याउलि फुल फुलेहोला घरमुनि पाखामा ।
नरोए आमा आउन पाईन तिम्रो काखमा।।
शोसकहरू देश लुट्दै छन् नयाँ नयाँ भएर ।
यो ब्यबस्था फाल्न आउँछु आमा कम्मर कसेर ।।
बर्षदिनको तिजको बेला सबलाई गर्छु सलाम ।
यो गितलाई अन्त्य गरे शु:भकामना।।