हामी पनि बन्नुपर्छ संगठित र सचेत (तिजीगित)

जुना भन्डारी चालिसे

महिला मुक्ती आन्दोलनको विगुल फुक्ने चाहाना।
प्रगतिशिल गीत गाम है शुभकामना ।।
अघी बढ्न पाएका छैनौ दमनको भारीले।
सम्मानसंग बाच्न पाउनु पर्यो नारीले।।

सम्पतीमा समान हक छोरा सरह चाहिन्छ।
हरेक ठाउमा योगदान हाम्रो के मा कमी छ।।
हामी पनि बन्नु पर्छ संगठीत र सचेत।
आफनो हक खोसी ल्याउ न बनौ सचेत।।

दाईजो संग तौलीएर बिदा लिनु परने।
तेही दाईजो कम हुनाले चेली मरने ।।
दाईजो प्रथा हटाउने चलेको छ अभीयान।
फेरी पनि गुमाउनु परेको छ ज्यान।।

भाषणमा मात्र भयो अधिकार बराबर ।
कैयौ घरमा शोषण दमन भा छ सरासर।।
परिवर्तन चाहेका छौ समाजमा नारीले ।
छाउपिडी बन्द गरौ भन्छौ हामीले ।।

शरीर कमजोर भाको बेला छाउपिडी गोठमा।
हासो पनी हराउछ की उनको ओठमा ।।
मेरो लागी मात्रै हैन हक चाहियो भनेको।
हरेक रितीरिवाज नारी तिमीलाई बनेको।।

छोरा जन्म नदीएनी नारीलाई नै आउछ दोष।
नारी कमजोर छैनन भन्ने कहिले आउला होस।।
पुरुषले नारी बुझौ नारीले पुरुष।
हातेमालो गरी सोच फेरौ अबत।।

सही गलत छुट्याएर लेख्ने सानो कलम।
संगठनमा संगठीत होउ लाल सलाम।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार