भारतको सिलोङमा कोइलाखानीभित्र पानी पस्दा तीन नेपालीको ज्यान गयो

काठमाडौं । भारतको सिलोङस्थित कोइलाखानीमा तीन नेपालीको ज्यान गएको छ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ का भुवन घिमिरेसहित पाँचथरका एक र इलामका एक जना गरी तीन युवाले ज्यान गुमाएका हुन् ।

कोइलाखानीभित्रै पानी पसेपछि ६ दिनदेखि बेपत्ता उनीहरुको शनिबार शव फेला परेको हो । खानीभित्र पसेको पानी निकालेर ६ दिनपछि उनीहरूको शव फेला पारिएको हो।

उनीहरु कोइला खनिरहेको बेला एक्कासी पानी पसेपछि तीन जना बेपत्ता भएका थिए। खानीभित्रै रहेका भुवनका बुबा भने सकुशल बाहिर निस्कन सफल भएका त्यहाँ कार्यरत नेपालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार